देश सञ्चार प्रेमपत्र प्रतियोगिता

आधा पृथ्वी घुमाउने छु तिमीलाई !

आधा पृथ्वी घुमाउने छु तिमीलाई !
+
-

प्यारी सभ्यता,

मुटुकी टुक्रा

आज यहाँ जे कुरा भन्न लागेको छु, अलि अगाडि नै भन्ने प्रयास गरेको थिए। तर कसै गर्दा पनि हिम्मत जुटाउन सकिनँ । विगत ६ महिनादेखि मनमा गाँठो परेर बसेको कुरा फुकाउन आज आँट गरेको छु। कृपया धैर्यपूर्वक पढ है ?

तिमीलाई थाहै छ, चार्टर्ड एकाउन्टेन्सी ‘सीए’को पहिलो तह ‘क्याप वान’ मैले जुन सीए इन्स्टिच्युटमा पढेँ, सीएको दोश्रो तह ‘क्याप टु’ त्यही इन्स्टिच्युटमा पढ्नै मन लागेन । नयाँ इन्स्टिच्युटमा क्याप टु पढ्न गएको पहिलो दिन नै तिमीसँग भेट भएको हो ।

‘रूम नम्बर १८ कतिऔँ तलामा छ र ?’

सिँढी चढ्नै लाग्दा मैले तिमीलाई सोधेको थिएँ ।

‘हाम्रै त क्लास हो । सँगै जाऔँ’ तिमीले गज्ज्बको उत्साहका साथ भनेकी थियौ । सिंढी उक्लिँदा मैले तिमीलाई पछ्याएको थिएँ । तिम्रो शरीरबाट आएको पर्फ्युमको बासना मेरा नाकका पोरामा ठोक्किँदा तिमी मलाई क्लासरुम हैन स्वर्गको कुनै बगैंचामा लैजाँदै छौ झैँ लागेको थियो । तिम्रो त्यो मीठो रिप्लाई अनि अत्तरको मगमग बासनाले पहिलै दिन म तिमीप्रति आकर्षित भएको थिएँ । मनमा मायाको अंकुर त्यसैदिन टुसाएको थियो ।

भोलिपल्ट अलि छिटै क्लासरुम पुग्दा तिमी मात्र आएकी थियौ । कापीमा हतारहतार केही लेख्दै थियौ । शायद गृहकार्य गर्दै थियौ । अघिल्लो दिन एकाउन्ट्स सरले सबैसँग परिचय माग्दा तिमीले पनि आफ्नो नामथर भनेकी थियौ । तर मैले तिम्रो थर मात्र सुनेको थिएँ ।

‘तिमी के कार्की रे ?’

मैले यसरी आइसब्रेक गरेको थिएँ ।

‘सभ्यता कार्की ।’

अनि तिमी नि ?’

कापीबाट मुन्टो उठाएर एकछिन लेख्न बन्द गर्दै तिमीले भनेकी थियौ ।

‘प्रतीकपृथक पोखरेल’ ठाँटका साथ मैले भनेको थिएँ ।

घर कहाँ हो भनेर तिमीलाई सोध्दा ‘सुर्खेत’ भन्यौ अनि मैलेचाहिँ ‘सुनसरी’ ।

कालो टिशर्ट अनि निलो जिन्समा बिछट्टै राम्री देखिएकी थियौ तिमी त्यसदिन । त्यतिबेलै झन्डै ‘आई लभ यू’ भन्देको मैले ।

त्यस दिन माइक्रोमा कपनस्थित आफ्नो डेरा फर्कँदै गर्दा एउटा पुरानो कुरा याद आयो मलाई । एस.एल.सी लगत्तै (चैत ०६९) म ममीसँग बराहक्षेत्र गएको थिएँ । एकजना प्रकाण्ड ज्योतिषले मेरो चिना हेर्दै ममीलाई ‘छोरोले पश्चिमकी क्षेत्री ल्याउँछ’ भनेका थिए ।

त्यतिबेला मलाई यो कुरा हावा लागेको थियो । तर तिमीलाई भेटेपछि सभु त्यस ज्योतिषको अनुमान सत्य सावित भैदेओस् झैँ लाग्न थाल्यो। भगवानसँग पनि मेरो यही प्रार्थना छ । कार्कीकी छोरी अनि घर सुर्खेत । आहा !

दसैं बिदामा हामीले मेसेन्जरमा खूब च्याट गर्‍यौँ है ?

मैले तिमीलाई खसी कसरी पकाउने सोध्दा तिमीले आफुलाई पानी तताउन बाहेक किचेनको अरु केही काम गर्न आउँदैन भनेकी थियौ । त्यस दिन तिम्रो औधी माया लागेको थियो।

बेबी म त किचेनको हिरो हो नि ! मैले पकाउन नजानेको जिनिस केही छैन । धेरैले भन्छ्न् मेरो हातमा जादु छ । मेरो यस प्रेमपत्र स्वीकारी कालान्तरमा मेरी श्रीमती बन्यौ भने तिमीलाई बिहानबेलुकै किचेनमा साथ दिनेछु । साथै मीठामीठा परिकार बनाउन पनि सिकाउनेछु ।

तिमी सलमान खानकी फ्यान है ?

क्लासमा पनि हरिभक्ती र भावनासँग सल्लुकै चर्चा गरिरहेकी हुन्छ्यौ ।

फेसबुकको कभर फोटोमा पनि ‘किप काल्म यान्ड लभ सलमान खान पिक्चर कोट राखेकी छ्यौ । म सल्लुको उतिसारो फ्यान नभएपनि उसको जुनसुकै फिल्म रिलिज भएकै दिन तिमीलाई हल लिएर जानेछु । अनि पपकर्न खाँदै मुभी इन्जोय गर्नुपर्छ ।

तिमी रोमान्स उपन्यासकी पारखी है ?

फाट्टफुट्ट कविता पनि कोर्छ्यौ । तिमीले पढी वा लेखिरहेको बेला कहिल्यै डिस्टर्ब गर्दिनँ । कलम खोसिदिन्नँ । बत्ती निभाइदिन्नँ ।

माछा तिम्रो फेब्रेट है ? बेलाबेला धादिङ लगेर मलेखुको माछा खुवाउँछु तिमीलाई । वैवाहिक बन्धनमा बाँधिएपछि हप्तामा कम्तीमा पनि दुईपल्ट माछाभात खानुपर्छ । बेलुकी प्रायजसो एउटै थालमा माम खानुपर्छ । म तिमीलाई खुवाइदिन्छु यान्ड भाइसी भर्सा ।

अस्ति तिहारमा धन तेरसको दिन टिनको सानो खुत्रुक्के किनेको छु । लक्ष्मी पुजाको दिनबाट यसमा प्रत्येक दिन रु २० राख्ने गरेको छु । अहिले त रु २००० पुग्न लागिसक्यो । यो पैसा तिमीलाई आइसक्रीम खुवाउन जम्मा पार्दैछु । तिम्री बेञ्चमेट हरिभक्तीले मलाई भनिसकी कि तिमीलाई आइसक्रीम औधी मीठो लाग्छ ।

हेर न बेबी ! तिमीले गर्दा मेरो बचत गर्ने बानी बसेको छ । थ्याङ्क यु सो मच ।

सभु तिमी क्लास आउँदा रातो टीका लगाएर आउँछ्यौ है ?

आफै पूजा गर्छौ कि मामुले पूजा गरेर लगाइदिसिन्छ भनेर मैले सोध्दा आफैँ पनि गर्छु भनेकी थियौ है। आहा कस्ती संस्कारी छोरी ! घाँटीमा पनि रुद्राक्षको माला पहिरिएकी छौ । मलाई पनि ईश्वरमा आस्था छ । मैले आफ्नो कोठामा पुजा गर्ने सानो स्थान बनाएको छु । टीका नलगाए पनि म प्रत्येक बिहान भगवानको पूजा गर्छु । भागवद् गीताका मलाई ५० बढी श्लोक कन्ठस्थ छ्न् । हामी दुबैजना धार्मिक ! हाउ नाइस !

श्रीमान–श्रीमती बनेपछि बिहान सबेरै उठ्नु पर्छ । पालैपालो नित्यकर्म फत्ते गरेर सँगै नुहाउनु पर्छ । अनि पूजा गर्न बस्नुपर्छ । टीका लगाइदिन्छु। सिन्दुर पनि । श्रीमान हुँदाहुँदै पनि मोडर्न बन्ने नाममा सिन्दुरपोते परित्याग गर्ने आईमाई मलाई पटक्कै मन पर्दैनन् । तिमीचाहिँ सधैँसधैँ सिन्दुरपोते लगाऊ है बेबी !

सभु तिमीले सार्थकलाई दाइ बनाइदियौ है ? त्यो केटो एक नम्बरको बोका हो । रोयल इन्फिल्ड (बुलेट) बाइकको आडमा केटीहरुलाई पट्याउँछ अनि युज गरेर छोडिदिन्छ । मानौ केटीहरु उसका लागि चुइगम हुन्, बयर हुन् । तिमीले उसलाई दाइ बनाएको खुशीयालीमा मैले मेरा डेस्क पार्टनर्सलाई पेट चर्किने गरी रोटीतरकारी खुवाएँ नि अस्ति मङ्सिरमा । साँझ डेरा फर्किएपछि पनि स्कुल पढ्दाको फेब्रेट गीत ‘प्रेमकी नैयाँ है रामके भरोसे अप्नी ई नैयाँको पार तु लगा हि दे’ बोलको गीत लुपमा बजाएर खूब नाचेँ ।

म घुमफिरको सौखिन हुँ। मेरी बन्यौ भने म तिमीलाई सिङ्गो नेपाल अनि आधा पृथ्वी घुमाउने छु।

सीएको पढाइ गाह्रो हुँदाहुँदै पनि तिमीले हिम्मत गरेर पढ्न आएकी छ्यौ । मलाई तिमीजस्तै आँटिली छोरी मनपर्छ । मेरा छोराछोरीको अनुहारमा म तिम्रै प्रतिबिम्ब देख्न चाहन्छु ।

हरेक रात तिमीलाई छातीमा टाँसेर निदाउन पाऊँ । मेरो छातीमा हुँदा तिमीले आफूलाई संसारकै भाग्यमानी र सुरक्षित ठाने । सभु म तिमीलाई तिम्री मामुले गरेजस्तै माया गर्नेछु । जसरी तिम्रो मामुको लागि तिम्रो कुनै विकल्प छैन, त्यसरी नै मेरा लागि पनि तिम्रो कुनै विकल्प हुन सक्दैन।

यस्ता कुरा जति गरे पनि सकिँदैनन् बेबी। महाकाव्य नै लेख्न सकिएला । बट आई ट्रुली लभ यु सभ्यता कार्की । प्रतीक र सभ्यताको जोडी । पूर्व र पश्चिमको जोडी । सुनसरी र सुर्खेतको जोडी । यस संसारकै बेस्ट जोडी । विल यु प्लिज बि माई भ्यालेन्टाइन्स वान्स एन्ड फर अल सभु ? आई लभ यु ।

उही तिमीलाई धेरैधेरै माया गर्ने,

प्रतीकपृथक पोखरेल

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?