देश सञ्चार प्रेमपत्र प्रतियोगिता

जीवनको सुन्दर याद तिमी

जीवनको सुन्दर याद तिमी
+
-

प्रिय इतिहास,

धेरै धेरै माया तथा यादको कोसेलीहरु लिएर आज तिमीलाई यस पत्रबाट सम्झना गरिरहेकीछु।  विश्वास छ कि तिमी सात समुन्द्रपार आफ्नो काम, कर्तव्य र जीवनमा अघि बढिरहेको छौं । हाम्रो मायाको साथ छुटेको पनि आज त ७ वर्ष भएछ । तरपनि माया त सधै रहिरहने रहेछ ।

मायाको गन्तव्यबाट माया गर्ने जोडीहरु छुटेपछि मायामा बिताएका साथ र पलहरु याद मात्रै बनेर बस्ने रहेछ । बिछोडमा माया पलपल, सेकेण्ड, मिनेट, घण्टा, रात-दिन, हप्ता, महिना र वर्षमा माया झनै प्रगाढ बन्ने ।

तर यादमा पनि माया नै लुकेको हुने रहेछ । इतिहास तिमीलाई थाहा छैन् होला तिम्रो मायाको आभासमा आज पनि हामीसंगै मायाको गाड़ीमा भएको अनुभूति गर्छु अनि म सबैथोकमा सुन्दरता र सरलता देख्दछु ।

जटिलता र चुनौतीसंग जुध्न र पार गर्न म भित्र साहस, धैर्य, उर्जा, जोश अनि उमंग पैदा भईदिन्छन् मानु कि म तिमीलाई मेरा मन कसरी आतुर हुन्थे । एउटा फोनकलबाट सुरुवात भएको हाम्रो मित्रता र साक्षात भेटमा नजरको लुकामारीखेल हिजो मात्र जस्तो लाग्छ ।

तिमी म प्रति आकर्षित भएको अनुभूतिसंगै झनै म आकर्षित भईरहेकी थिए । थाहा थिएन तिमीमा के त्यस्तो अद्वितीय शक्ति थियो जहाँ मैले नाई नाई भन्दाभन्दै तिमीमा आफूलाई पाए र आफूभित्र तिमीलाई पाउन थाले ।

शब्दले व्यक्त नगरी तिमी र मेरो मायाको नाता रातो रंग र रगत भन्दा पनि गाढ़ा कति बेला बन्न पुग्यो त्यो त हामी दुईले थाहा पाउन सकेनौ । धेरै व्यस्तता र ज़िम्मेवारीको बावजुद पनि समय निकाली भेट्ने अनि मेरो १-१ मिनेट भनि रोक्ने बानीले ढिलो भई कलेजमा सरको गाली, अफिसमा हाकीमको चेतावनी अनि बा आमाको गालीमा मज्जा नै लाग्थ्यो ।

फेरि अर्को भेटबारे कल्पना गर्दा,  जति समय बिताए पनि थोरै नै लाग्थ्यो इतिहास तिमीसंग रहदा । बाटोमा उभिएर चिया पिउदा होस् वा पाटन गल्लीको नेवारी खाजासेटको स्वाद  र कुनै रेष्टुरामा मःम, पिज्जाको साटो दही चिउरा मेनुमा नभएको चीज मगाएर खाई रमाउदाको पल कति सुन्दर र सुनौलो मायामा बिताएका समय ।

इतिहास मायाको परिभाषा व्यक्ति अनुसार फरक भएतापनि सबै नाताहरु भन्दामाथि रहेर तर सबै सम्बन्धको भूमिका निभाउन हैसियत राख्ने समान आदार, विश्वास, भरोसा, साथ र काँध सम्बन्धको अटुट मान्यताले गर्दा । जब तिमी मेरो जीवनमा मेरो माया बनि आयौ तिम्रो मायाको आभास र साथले वास्तविक संसारमा जिउने कला सिकायो संतुष्टि, खुशी, आनंद र सकारात्मक सोच लिएर । इतिहास समयको अभाव र विविध परिस्थितिवश हामी भेट्न नसक्द प्रश्नचिन्ह, गुनासो र रिस उठने सवाल नै थिएन तरपनि तिम्रो उपस्थितिमा ति सब कहाँ हराएर जान्थे, खै के तरंग पैदा हुन्थ्यो ।

तिम्रो मायाको शक्ति नै थियो । विशेष समयमा हामी दुई मिलेर पकवान तयार गरे पश्चात तिम्रो हातले मलाई खाना खुवाउदाको पल म सानी बच्ची जस्ती खुशीले पुलल्कीत हुन्थे म । तिम्रो काँधमा मेरा शिर अडेस्याउदा होस् वा अंगालोमा  बाधिएर रहदा सबै दु:ख कष्ट हराईदिन्थे । कान्छु तिमी मेरो संसार हौं भन्दा सारा ब्राम्हण र साम्राज्य हासिल गरेकी योद्धा झै महसूस गर्थे । हुन त हाम्रा मायामा संघर्ष नभएका भने होईन् परिवार, वर्ग र समाज आदिका कुरालाई लिएर हाम्रो परिवारबीच सधै असंतुष्टी र मनमुटाव थिए तर पनि हामी कति आशावादी थियौ सबै ठीक हुनेछ भनि ।

हरेश र हार हाम्रो मायाको शब्दकोशमा कहिले थिएन । इतिहास समय वा दैवको खेल भनौं कसको नजर लाग्यो हाम्रो मायाको संसारमा । मायाको उद्देश्य र गन्तव्य फरक बन्न पुगे । जुन दिन तिमीले एकल निर्णय गरी हाम्रो सम्बन्ध नरहने र जीवनमा कदापी नभेट्ने घोषणा गर्दा चारदिशा अंध्यारो भई दलदलेधापमा मृत्युलाई अंगालेको आभास गरे तर तिमी एकनजर पनि पछि नहेरी बाटो लाग्यौ तर म भने चैं कालो चश्मा भित्रबाट बहेका आँशुलाई थाम्न सकिन कारण साउन भदौंको भेल झै दर्केका थिए ।

आजसम्म पनि उत्तर पाउन सकेकी छुईन तिमीबाट किन समान उद्देश्यको मायागाडीबाट मलाई एक्लो बनाई रफ्तारमा तिमी अगि बढ्यौ ।

इतिहास परिवार, ईष्टमित्र र समाजको लागी काम र अध्ययनमा हासिल गरेको सफलताले म पूर्ण देखुला अनि खुशी पनि । तर कसले देख्ने मेरो एक्लोपन, पलपलमा आफू भित्र जलि मरेको, लड़दै–उठदै गरेको ? न कसैले देख्न सक्छ र सुन्न सक्छ ।

इतिहास समय र ऋतु आफ्नो समयचक्रमा फर्केर आए तिमी फर्केर आउ । यो मायामा जति पिडा छ उति नै आनन्द पनि । इतिहास तिमीलाई भुल्न, घृणा र बिर्सन पनि सक्दीन । मेरो जीवनको सुन्दर याद हौ तिमी ।

तिमीसँग मायामा बिताएका पलले मलाई आज पनि पछ्याईरहेछ र जिईरहेकी छु ।

जीवनको यादबाट कोल्टो फेर्न चाहान्छु तर खै सक्दीन कारण अर्को कोल्टो फेराईमा पनि तिमी नै छौं । तिम्रो मायाको यादको बाजीमा हारेकी म, मौन बनेकी म आज बिन्ती गर्छु इतिहास तिमीलाई भावना र यादमा होईन् ऋतु झै फर्केर आउ मेरो जीवनमा कारण हिजो जून ठाँउमा छाडेको थियौ।

आज पनि फर्केर आउछौं भन्ने आशाको दिप लिई बसेकी छु । यद्यपि यो दिप बतास र तेलको कमीले निभ्न लागेका धिपधिप बत्ती झै छ । माया गर्ने जोडीलाई देख्दाको आभासले तिमी भित्र म भई, म तिमी भित्र तिमी भई मायाको गाड़ीलाई बढादै र मायाको नौलो आभासमा अटल चन्द्र र सूर्य झै मायाको डोरीले विश्वास र भरोसामा बाँध्दै एक मौका दिई हेरौ । इतिहास तिम्रो माया र जवाफ कुरि बसिरहेकी छु यस पत्रको माध्यमबाट।

उही तिमीलाई सधैँ माया गरिरहने

कान्छु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?