यी स्थान बन्‍यो ‘भ्‍यालेनटाइन डे’मा प्रेमिल जोडीको ‘डेटिङ स्पट’

यी स्थान बन्‍यो ‘भ्‍यालेनटाइन डे’मा प्रेमिल जोडीको ‘डेटिङ स्पट’
+
-

काठमाडौं-‘भ्यालेन्टाइन डे’ले फेब्रुअरी महिनालाई नै प्रेमको महिना बनाइदियो।  सो अवसरमा काठमाडौंका प्रेमिल जोडीहरु भेटघाटको लागि  उपयुक्त  स्थानको खोजी गरिरहे। कोहीले शहर बजारको गार्डेन-फनपार्कलाई छाने त कोहीले प्रा कृतिक छटाले भरिपूर्ण ग्रामिण परिवेशका गन्तव्‍यहरुलाई रोजे।

मायाको बारेमा  गफगाफ गर्न १४ फेब्रुअरीको दिन प्रेमिल जोडीहरुले  गार्डेन, रेस्टुरेन्ट र धार्मिक स्थललाई ‘डेटिङ स्पट’को रुपमा उपयोग गरे। त्‍यतिमात्रै होइन उनीहरुले काठमाडौं उपत्‍यकामा रहेका मनोरम दृश्‍य र प्राकृतिक सुन्दरताले भरिएका स्थानहरुलाई पनि पछ्‍याए। ती मध्‍ये उनीहरुले १४ फेब्रुअरीलाई यी स्थानहरुलाई रोजेका थिए।

फन पार्क
काठमाडौँको भृकुटीमण्डपमा रहेको फनपार्क घुम्नका लागि एउटा उपयुक्त स्थान हो। यहाँ वालवालिकाहरु छुट्टीका दिन रमाइलो गर्न जान्छन भने  युवायुवती आफ्नो मनको कुरा फुकाउन यसलाई रोजे। यसपटक पनि फन पार्क प्रेमिल जोडिहरुको उपयुक्त गन्तव्‍य बन्‍यो।

गोदावरी
यस्तै  प्राकृतिक सौन्दर्यताले भरिपूर्ण स्थानको नाम हो गोदावरी। यहाँ वर्षैभरी मायालु जोडीहरु आफ्ना प्रमे साट्न पुग्‍ने गरे पनि १४ फेब्रुअरीमा भने विशेष रोजाइ बन्‍न पुग्‍यो।

 एकान्त र शान्त वातावरण भएकाले प्रेमिल जोडीहरु यहाँ आउन रुचाएका हुन। उनीहरुले गोदावारीलाई आफ्‍नो मनको खुलेर व्‍यक्त गर्ने माध्‍यम बनाए।

सदर चिडियाखाना
विभिन्‍न जनावर तथा रङ्गीचङ्गी चराचुरुङ्गी हेर्नेको मात्र भिड नभइ ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना डेटिङका लागि यस वर्ष भ्‍यालेनटाइन डेमा पनि देखियो।

यहाँ रहेको पोखरी वरिपरी अवलोकनकर्ता मात्रै रमाएनन्।  भ्‍यालेनटाइन डेका जोडीहरु पनि आफूलाई रम्‍ने स्थानको रुपमा घुम्‍न आए।

धुलिखेल
धुलिखेल अर्को डेटिङ स्पट हो भ्‍यालेन्टाइन डेको।  यहाँका मनै लोभ्‍याउने दृश्यहरुलाई नियाल्‍दै प्रेमिल जोडीहरुले एक अर्कालाई बुझ्‍ने अवसरको रुपमा सदुपयोग गरे। धुलिखेलमा रहेको हजार सिढींले उनीहरुलाई साथ दियो।

चोभार
काठमाडौं बल्खुबाट करिब साढे चार किलोमिटर दक्षिणमा पर्ने चोभारबाट काठमाडौंको सुन्दर दृश्य र हिमालको अवलोकन गर्दै गरेका जोडीहरु भेटिए।

डाँडबाट हिमालका दृश्‍यहरु पोखरीहरु हेर्न पाइने भएकाले जोडीहरु रम्‍न यस पटक चोभार पुगे भ्‍यालेनटाइन डेमा।

ड्रिम्स अफ गार्डेन
ड्रिम्स अफ गार्डेन उपत्यकाको चर्चित डेटिङ स्पट मात्रै होइन एक ऐतिहासिक स्थल नै बन्‍यो यसपटको भ्‍यालेनटाइन्स डेमा। केशरमहलमा रहेको उक्त बगैँचामा बसेर मनका अभिव्‍यक्त गर्न उनीहरुले यसलाई उपयुक्त गन्व्य बनाउन सफल भए।

केशर शमशेरले बनाएको गार्डेनमा  क्याफेमा रहेको कफीको चुस्की लगाउँदै बगैंचामा समय बिताएको पत्तै पाएनन् जोडीहरुले।  ती मध्‍ये केही स्वदेशी तथा विदेशी पर्यटकहरुको समेत उपस्थिति रहेको थियो।

स्वयम्भू
स्वयम्भु बौद्ध धर्मावलम्बीको धार्मिक स्थल  भएकाले यहाँ पनि प्रेमिल जोडीहरुले डेटिङ स्पटको रुपमा सदपयोग गरे काठमाडौँ उपत्यकाको अवलोकन गर्दै।

स्वयम्भु अग्लो स्थानमा भएका कारण काठमाडौँको रमणीय दृष्य हेर्दै रमाए जोडीहरु।

सुन्दरीजल
सुन्दरीजल राजधानीबाट करिब १५ किलोमिटर दुरीमा रहेको सुन्दरीजलमा पनि डेटिङ गर्नेहरुको ओइरो लाग्‍यो।

नाम जस्तै ठाँउ पनि सुन्दर भएकाले  टाढा टाढाबाट यहाँ प्रेमिल जोडीहरु घुमेर आफ्‍नो प्रेमिल यादहरुलाई बेतित गरे।

टौदह
काठमाडौं उपत्यकाबाट ७ कि.मी. टाढा दक्षिणकाली जाने बाटोमा पर्ने टौदहले भ्‍यालेन्टाइन जोडीहरुलाई आकर्षित गर्‍यो।

टौदहमा युवायुवतीहरुले दहको अवलोकन तथा अर्ग्यानिक क्‍याफेको स्वाद लिँदै आफ्‍नो ‘भ्‍यालेनटाइन्स डे’ मनाए।

नगरकोट
यस्तै काठमाडौंबाट ३२ किलोमिटर उत्तरपूर्वमा रहेको नगरकोट पनि प्रेमिल जोडीहरुको लागि डेटिङ स्पट बन्‍यो।

समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको नगरकोट सूर्योदयको दृश्य अवलोकन गर्दै उनीहरु रम्‍न भ्‍याए भने हिमालको रमणीय दृश्य समेत अवलोकन गर्न सफल भए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?