पहिलोपल्ट तिमिले बुद्दु भन्दा गर्व लागेको त्यो क्षण

‘चुडेल’ लाई ‘भूत’ को प्रेमपत्र

‘चुडेल’ लाई ‘भूत’ को प्रेमपत्र
+
-

प्रिय चुडेल,

हामी बिचको दूरी धेरै टाढा भएता पनि सँचारको प्रविधिले तिमी मेरै सामिप्यतामा छ्यौ जस्तो लाग्थ्यो। म मेरो परदेशमा आँखा मिच्दै उठ्नु अघि नै तिमी तिम्रो देशबाट स्काइपमा कल गर्थ्यौ, जुन मेरो लागि अलार्मसरी हुन्थ्यो।

हुन पनि त्यहि पौने ३ घण्टाको फरक त थ्यो। तिमीलाई थाहै छ, मुखबाट सेवन गर्ने कुनै चिजको मलाई कहिल्यै अम्मल भएन, तर ब्ल्याङ्केटले छोपेको शरीर बाहिर मुन्टो निकाल्दै तिमीसँग च्याट गर्ने मलाई लत लागि सकेको थियो।

तिमीले तयार पारेको भुकम्पको भिडियोले फेसबुक मार्फत जोडेको हाम्रो सम्बन्ध, भाइबर, स्काईप्, ट्वीटर लगायत चलनचल्तीका कुनैपनि माध्यमबाट टाढा थिएनन्। सुरुवाति म्यासेन्जर च्याटमै तिमीले झुन्ड्याईदिएको ‘भूत’ ट्याग बाटै खासमा मैले तिम्रो प्रेमिल नियतको अन्दाज लगाईसकेको थिए । नत्र कुन चाहिँ केटीको हिम्मत हुन्थ्यो होला र अन्जान केटालाई अनौपचारीक च्याटमै ‘भूत’ को टर्रो संज्ञा दिन। तर अचम्म, मलाई त्यो शब्द अप्रिय लागेन, बरु जवाफमा फुत्त मनबाट निस्किईहाल्यो,‘अँ, चुडेल’।

अझै सम्झिन्छु, ‘चुडेल’ उपनामलाई तिमीले कति सहजै लिएको। पहिलो अनौपचारिक गफमा पनि लाग्थ्यो, हामीबिच धेरै पुरानो चिनजान छ।

साँच्चै भन्नुपर्दा, म तिम्रो व्यक्तित्वबाट प्रभावित थिएँ। तिम्रा युट्युब भिडियोहरुको हजारौँका संख्यामा प्रशंसक, तिमी बोल्दा देखिने आत्मविस्वास , कसैलाई सहयोग गर्नुपरे आफ्नो खल्ती नछामिकन हुन्छ भन्ने दृढ शक्ति, अनि साथी भनेपछी यावत व्यस्तताको बिच पनि तिमीले देखाएको समर्पणले, केटिहरुप्रति हेर्ने मेरो नजर बदलिएको थियो।

तिम्रो शारीरिक बनावट त मलाई अहिले पनि याद छैन, तर तिमी बोल्दा निक्लने हर शब्दका घुम्तीहरुसित म परिचित छु। मान्छेका सामु तिमीले छोड़ने मन्द मुस्कान भित्र रहेको पिडाको पाई–पाई अंश सहजै महसुस गर्न सक्छु। मलाई लाग्दैन की तिम्रो मनको द्वार, कोहि अरुको शब्दजालरुपी फिंगर प्रिन्टले त्यति सहजै खुल्ला, तर तिम्रो मनको पासवोर्ड थाहा पाउने भाग्यमानी मैले, बुढी औंलामा लागेको मैलो र पसिनाको कहिल्यै पर्वाह गर्नु परेन।

म निश्चिन्त थिएँ, हामी प्रेममा छैनौं, तर मित्रताको अन्तिम बिन्दुसम्मसँगै हुनेछौँ भन्नेमा। मलाई लाग्थ्यो, हाम्रो फुर्सदको १ मिनेटमा पनि गरिएको म्यासेज केवल एक आत्मियता थियो। तिमिसँगको वार्तालापमा मलाई खुसी र दुःखको सिमाको कहिल्यै अन्दाज भएन। भन्न हुने र भन्न नहुने कुरा बीचको अन्तरबोध भएन। तिमी मेरो लागी भित्तामा झुण्ड्याएको ऐना जस्तै थियौ, म जस्तो थिएँ, त्यस्तै देखिन्थें, परावर्तित तस्बिरमा अस्वाभाविक देखिए आफूलाई बदल्थें, बास्तविकता या त तिमीलाई थाहा हुन्थ्यो या मलाई, बाँकी दुनियाले कृत्रिमता मात्रै देख्थे।

म नेपाल आए पश्चात त म्यासेज लेख्न पनि कस्तो अल्छि लाग्न थालेको है चुडु,  हुनपनि रात्रीकालिन फोनकल सस्तो हुँदाहुँदै औंलालाई कष्ट किन दिनु? साँच्चै मज्जा आउथ्यो, कोल्टो परेर कानमा तिमी गुञ्जदा, भन्न खोजेका कतिपय कुरा मैले भुल्दा अनि सोच्दै नसोचेका कतिपय कुरालाई उप्काउँदै विवाद गर्दा।

सबैभन्दा मज्जा त त्यतिबेला आउथ्यो, जब मैले केही भन्न खोज्दा भुल्थें अनि त्यो सून्यताको स्थानमा तिम्रो हाँसोले आशन ग्रहण गर्दै मलाई भन्थ्यो ‘हाहाहाहा,  बुद्दु’।

बुद्दु हुनुमा म गौरवान्वित हुने यौटै क्षण त्यहि थियो। मञ्चमा हुने वादविवादमा त देशको यौटा युवा पुस्ता तिमीसँग हारेको थियो, त्यहि पनि हामीबिच हुने सामान्य विवादमै तिमी  मलाई सहजै जित्न दिन्थ्यौ, ‘ईट वाज नट फेयर चुडु।’

यद्यपी म भित्रभित्रै गौरवान्वित हुन्थेँ, देशको यौटा जत्थालाई हराएकी चुडेललाई मैले हराएँ, तर यो सत्यबाट म कहिल्यै बिमुख भईन कि, तिमी म भन्दा कैयौँ  गुणा क्षमतावान छौ।

तिमि यो समाजकी  यौटी रोल मोडेल हौ। विभिन्न टेलिभिजनमा युवा प्रतिनिधिको रुपमा आउने तिम्रा अन्तर्वाताले त तिम्रो कद झनै बढाईदिएको छ। समाजको हर तप्काले तिमीलाई चिन्छ, त्यहिपनि अनुहार छोपेर तिमी सहजै मसँग त्यही समाजमा हिँड्छ्यौ। हाम्रो चिनजान भएको कति भयो, ठ्याक्कै भन्न मलाई गाह्रो छ, तर कसैले तिम्रो बारे सोध्छ भने म इतिश्री भन्न सक्छु, जुन कतिपय त तिमीले नै बिर्सिसक्यौ होला।

कसरी पुष्टि गरौँ हामीबिच  प्रेम छ भनेर, मलाई हाम्रो पहिलो भेट भएको दिन समेत  याद छैन, तर हेटौंडामा तिमि पहिलोपटक दुखी भएको क्ष्यण याद छ। पहिलो भेटमा बोलेका शब्द याद छैनन्, तर तिम्रो सफलताको पहिलो खुड्किलो याद छ।  म पुष्टि गर्न सक्दिन चुडु, हामीबिच प्रेमको सानो पनि अंश छ भनेर। तर कसैले अनुरोध गरे तिम्रो बारे यौटा पुस्तक लेखिदिन सक्छु, तिमीलाई नसोधिकनै तिम्रा जीवनका उतारचडावहरु समेटेर।

मलाई विश्वास छैन, यौटा कफीको चुस्की सेयर गर्दैमा प्रेम हुन्छ भनेर। न त दावी गर्ने आधार नै छ, मैले चलाएको स्कुटरको पछाडी तिमि निदाउँदा मलाई नै कल्पिएकी थियौ भनेर। कफी तिम्रा लागी धेरै भएर सेयर भएको हुन सक्छ, स्कुटरमा तिमी  थकित भएर निदाएकी हुन सक्छ्यौ।

एक्लै एक्लै तिमी र म यो उपत्यकाको डाँडा–डाँडै झरीमा रुझ्दै–रुझ्दै सुनसान जङ्गलमा हिंड्नुमा पनि म प्रेम थियो भनेर भन्न सक्दिन। हुन सक्छ तिमीलाई मप्रति अरुभन्दा धेरै विश्वास थियो, अनि एकान्त प्रकृतिसँग रुमल्लिने शौख। मेरो जन्मदिन म अक्सर भुल्थें, आमाले भन्नुभए अनुसार म त बिहानै जन्मिएको थिएँ रे, तर तिमि त्यो मध्यरातमा मेरो फोन बजाउँथ्यौ।

मस्त निन्द्रामा फोन बज्दा आगो भएको यो मन, ‘चुडेल कलिङ्ग’ देख्नासाथ् एकाएक मत्थर हुन्थ्यो। मैले तिमीसँग प्रेम जताउन खोजेको हैन चुडु, बस् भन्दैछु, एक आत्मिय मित्रसँग को पो रिसाउन सक्छ र। भोलिपल्ट कफी पिउदै कुनै लेखकको प्रेम उपन्यास मलाई रंगिन कागजले प्याक गरेर दिएकोमा पनि मैले प्रेम देखेको छैन, किनभने तिमीलाई थाहा थियो मलाई यस्तो उपहार मन पर्छ भनेर।

यति हुँदाहुँदै पनि तिमीले मेरो पछिल्लो जन्मदिनमा क्रमभंगता गर्दै राधाकृष्णको ढलौटको मुर्ति उपहार दियौ र प्रेमको कुरा गर्यौ, एकै मिनेट भएपनि, छक्क पर्या छु। त्यो उपहार मैले सुत्दा–उठ्दा सहजै आँखा पर्ने मेरो टेबलमा सझाएर राखेको छु, तिम्रो याद आओस भनेर हैन, राम्रो लागेर।

तिमी र म, दिन र रात नभनि  कहाँ–कहाँ मात्र पुगिएन अनि के–के मात्रै गरिएन होला। काठमाडौँ भन्दा धेरै पर त्यो खुल्ला चौरीमा आकास नियाल्दै गर्दा मैले सुनाएको त्यो कथा आज पनि अपुरो छ।

खै किन, किन, यो छातीमा तिम्रो शिर पर्नासाथ मेरो मुटुको धड्कनले तिमीलाई लट्याउँछ, र तिमी एकछिनको लागी अचेत बन्छ्यौ। दोष मेरै छाती र यही मुटुको धड्कनको हो जसले तिमीलाई लट्याउँछन्, यतिमै हामीबिच प्रेम छ भनेर म कहाँ दाबि गर्न पाउँछु र?

हो चुडु, एक्लै भएको बेला बिछट्टै तिम्रो याद आउँछ, म केटाकेटी छँदा आमाबाट टाढा हुँदा जति आमाको याद आउँथ्यो, आजभोलि त्यहि यादको स्थान तिमीले लिएकी छ्यौ, सायद सबैभन्दा नजिककी मित्र भएर होला।

सामाजिक संजालमा तिमी र म जोडिएको यौटै फोटा छैनन्, न त एक–अर्काका स्ट्याटसमा लाईक र कमेन्ट, त्यो जाबो मोबाईलको सेक्रेट फ़ोल्डरमा राखिएको युगल फोटोको के अर्थ ?

तिम्रो र मेरो सम्बन्धका शब्दकोशमा माया नामको कुनै शब्द आजसम्म भेटेको छैन, तर यादै–यादले भरिएका शब्दजालहरुमा हरदम  रुमल्लिरहन्छु। त्यत्रा भ्यालेन्टाइन सप्ताह बिते, बरु बृद्दाश्रम र अनाथाश्रममा गएर खाजाका प्याकेट र चकलेट बाँडियो तर हामीले एक–अर्कालाई गुलाबको फुल समेत दिएनौँ।

कहाँ थियो र हामीबिच प्रेमरु सम्झञ्छ्यौ चुडु, रत्नपार्कमा बदाम खाँदै गर्दा आएकी यौटी सानी फुच्चीलाई हामी दुवैको काखमा राखी यौटा सेल्फी खिचेका थियौं नि, हो त्यो पनि सानी फुच्ची राम्री लागेर न हो, हामीले भविष्यको बारे आखिर के नै सोचेका थियौं र?

आजसम्म ‘लभ यू’ शब्दले हामी बिच स्थान पाएकै छैन, जुन आजका किशोर–किशोरीमाझ परिचयात्मक माध्यम जस्तो भैसक्यो। थाहा छैन, आवश्यकतै नभएर हो वा तिम्रो चुलिँदो करियरको डर ले हो। कहिलेकाहीँ घुस्ने ‘मिस् यू’ जाबोको सहारामा कसरी भनौं हामी बिच प्रेम छ भनेर, यो त साथी–साथी बिचको परिचित शब्द नै होनी हैन र?

तर हर बिहान, म ब्युँझेसँगै जब टेबलमा सझाएको राधाकृष्णको मुर्ति देख्छु, अनि झस्कन्छु। उतिबेलै याद आउँछ, तिमीले मेरो पछिल्लो जन्मदिनमा भनेको कुरा ‘हेर  भूत’ प्रेम भनेको त निस्वार्थ हुनुपर्छ, राधाकृष्ण जस्तै, जसले एकअर्कालाई आजीवन निश्वार्थ प्रेम गरे, सँगै रहुँला या नरहुँलाको पर्वाह नगरी, त्यसैले त जीवित छन् आजपनि भगवान बनेर।’

कथाले मागे तिमी त राधा बन्न सकौली चुडु, थाहा छैन यो कलियुगमा म कृष्ण बन्न सकुँला या नसकुँला, तर आजीवन तिम्रो भूत भने बनिरहने छु।

उही तिम्रो,

भूत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?