वीपी उद्यान विवादः कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित

वीपी उद्यान विवादः कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित
+
-

जनकपुरधाम – प्रतिपक्षी दल कांग्रेसको विरोधपछि प्रदेश २ को शनिबारको प्रदेशसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दल कांग्रेसले वीपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै प्रदेशसभा बैठक चल्न नदिएको हो ।

कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै विश्वेश्वरप्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले शहीद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाएपछि बैठक अवरुद्ध भयो ।

कुशवाहाले यसको छिनाफानो नभएसम्म बैठक स्थगित गर्न माग गरेका थिए । यस्तै कुशवाहा बोलेपछि कांग्रेसका प्रदेशसभा सदस्यले समेत विरोध जनाउन थाल्दा सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

वीपी उद्यानका लागि छुट्याएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क शिलान्यास गरेका थिए । प्रदेश सरकारले सो जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ शहीद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?