
मित्रबन्धु पौडेल
फाल्गुन ५, २०७५

अ
+
अ
अ
-
कित्ता छुट्टियो
कान्छो खाडी हानियो
बाक्सा भेटियो ।
समृद्धिको खेल्?
माछोमाछो भ्यागुतो
सारै भयो झेल् ।
कवि हुने को?
नेकपा कि नेका हो ?
कि राप्रपा हो !
चित्र कता छ ?
भित्र दलाल् रिसायो
मित्र हरायो !
गीत सुन्दिनँ
कानेकुजी भरियो
सेन्सर् गरियो !
प्वाँख पलायो
उड्ने हो कि चिल्ने हो?
शंका बडायो ।
‘थुन्नसके थुन्
जेठा थुन्नसके थुन्
नाथे कराम्च।’

