उखुको जुस बेच्छन् गणितका डिग्री होल्डर, कमाई वर्षको १२ लाख

उखुको जुस बेच्छन् गणितका डिग्री होल्डर, कमाई वर्षको १२ लाख
+
-

दाङ– घोराही बजारदेखि दक्षिण तर्फ । धारपानी मन्दिर जाने बाटोको छेउँ । उखुको खेती छ । बारीको उखु भाँच्दै, मेसिनमा पेलेर जुस बनाउँदै बिक्री गर्न व्यस्त छन् मनराज बाठा ।

गणित विषयमा स्नातकोत्तर गरेका बाठा लेक्चरको जागिर छाडेर खेती किसानीमा होमिएका हुन् । यसअघि उनी काठमाडौँका विभिन्न कलेजहरुमा अध्यापन गर्थे । कमाई राम्रै थियो तर उनलाई कृषि कर्म नै प्यारो लागेपछि काठमाडौँ छोडेर दाङ फर्के ।

गुगल सर्च गरेर उखु खेती गर्ने तरिका पत्ता लगाए । दाङमा ७ बिगाह जमिन १० वर्षको लागि भाडामा लिए । अनि सुरु गरे उखु खेती । चिनीको लागि भन्दा पनि उनले उखुको जुसको लागि खेती गरेका हुन् । ‘जिल्लामै उखु खपत भैरहेको छ । उखुको बजार भनेको घोराही, तुलसीपुर, लमही र भालुबांग हो बजारको समस्या छैन, राम्रै भइरहेको छ,’ उनले भने ।

जुस खान जम्मा भएका ग्राहकको भीड । मनराजलाई श्रीमतीले सघाउने गरेकी छन् ।

बाठाले धारपानी आउने पर्यटकलाई लक्षित गरेर उखु खेती र जुस उत्पादन सुरु गरेको बताए । ‘धार्मिक पर्यटक धेरै आउने गर्नुहुन्छ । धारपानीलाई केन्द्रमा राखेर यहाँ उखु खेती गरेको हुँ’उनले भने–‘बोटबाटै उखु किन्ने ग्राहक आउनुहुन्छ । साथै ताजा जुस खाने ग्राहक पनि आउने गर्नु भएको छ ।’

खेती गरेकै स्थलबाट दैनिक १०/१२ हजारको कारोबार हुने गरेको छ । वार्षिक ८ देखि १० लाखसम्म आम्दानी हुने गरेको बाठाले बताए । ‘म सन्तुष्ट छु । मैले उँखु खेती सुरु गरेपछि अन्यले पनि यस तर्फ रुची राखेको पाएको छु’उनले भने–‘म बाटै बिरुवा लगेर धेरैले खेती सुरु गर्नु भएको छ ।’

बाठाको आफ्नै उखु बारी

उनले उखु खेती गर्नु अघि कुरिलो खेतीमा हात हालेका थिए । तर, त्यहाँबाट राम्रो आम्दानी हुन सकेन् । ठूलो लगानी खेर गयो । तर हिम्मत हारेनन् । उखु खेतीमा हात हाले । यसबाट उनले सन्तोष प्राप्त गरे । उखु खेतीमा उनकी श्रीमती तारादेवी बाठा पनि छिन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?