हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन

हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन
+
-

हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ९३ वर्षका नामवरको मंगलबार अबेर राति निधन भएको हो । नामवरको परिवारका सदस्यले निधनको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ ।

पछिल्लो केही हप्तादेखि उनी एम्समा भर्ना थिए । जनवरीमा उनी आफ्नो कोठमा लडेका थिए, त्यसपछि उनलाई एम्सको ट्रमा सेन्टरमा भर्ना गरिएको हो । उनलाई ब्रेनह्यामरेज भएको डाक्टरले बताएका थिए । उनको अवस्था सुधार हुँदै गएको थियो ।

बुधबार उनको दिल्लीमा अन्तिम संस्कार गरिने उनको परिवारले जनाएको छ । सन् १९२७ को जुलाई २८ मा वाराणसीको जीयनपुर गाउँमा जन्मेका उनले बिएचयुबाट हिन्दी साहित्यमा एमए तथा पिएचडी गरेका थिए ।

उनले धेरै वर्ष बिएचयूमा अध्यापन गराए । त्यसपछि सागर तथा जोधपुर विश्वविद्यालयमा पनि अध्यापन गराए । उनी त्यसपछि दिल्लीको जेएनयुमा आए र त्यहिँबाट अवकास लिए ।

साहित्य एकेडेमी सम्मान पाएका नामवरले हिन्दी साहित्यमा समालोचनालाई नयाँ आयाम र उचाई दिए । हिन्दी साहित्यका ठूला समालोचक मध्येका आचार्य रामचन्द्र शुक्लबाट सुरु भएको परम्पराको नामवरले आलोचना गरेका थिए ।

अध्यापन तथा लेखनसहित उनले जनयुग र आलोचना नामक हिन्दी भाषाका दुई पत्रिकाको सम्पादन पनि गरेका थिए ।

उनले सन् १९५९ को लोकसभा चुनावमा चकिया–चंदौलीबाट भारतीय कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका थिए । पराजित भएपछि उनले बिएचयू छोडेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?