स्वास्थ्य

तल्लो पेट दुख्ने कारण महिनावारी मात्रै हो ?

तल्लो पेट दुख्ने कारण महिनावारी मात्रै हो ?
+
-

कलंकीकी राधिका घले (नाम परिवर्तन) लाई सधैँ पेट दुखिरहन्थ्यो। उनले काठमाडौँका धेरै अस्पतालमा उपचारको लागि धाइन्, धेरै महिला रोग विशेषज्ञको सल्लाहमा औषधि खाइन् तर उनलाई निको भएन।

विवाहित राधिकालाई श्रीमानसँगको सहबासमा धेरै दुखाई हुन्थ्यो। उनका श्रीमानले राम्रो अस्पतालमा जचाँउन जाउ भनेका थिए। तर जति अस्पताल जाँदा पनि उनको समस्या निको भएन।

उनलाई महिनावारी सुरु हुनुभन्दा धेरै अगाडिबाट पेट दुख्ने समस्या थियो । उनले यो दुखाईलाई सामान्य रुपमा लिएकी थिइन्।

तर महिनावारीको बेलामा पेट दुख्नु सधैँ सामान्य हुँदैन ।

महिनावारी सुरु भएपछि हरेक मासिक चक्रमा पेट दुख्नु सामान्य हो। चिकित्सकले पनि बिरामीलाई यो प्राकृतिक प्रक्रिया भनेर बुझाउने गरेका छन्।

कतिबेला पेट दुखाई असामान्य हुन्छ ?


– महिनावारी हुन्भन्दा एक साता अगाडिदेखि पेट दुख्नु,

– भइसकेपछि झन् धेरै दुख्ने,

– महिनावारीमा ढिका ढिका रगत जाने,

– सात दिनपछिसम्म रगत बग्नु

महिनावारी हुँदाको पेटको दुखाई सामान्य हो। दुखाई कम गर्ने औषधि खाएर ठीक हुन्छ। तर यसलाई सधैँ सामान्य र प्राकृतिक हो भनेर बस्नु हुँदैन।

प्राकृतिक दुखाई र अप्राकृतिक दुखाई कसरी छुट्याउने ?


महिनावारी सुरु भएको पहिलो दिन अलि अलि दुख्ने र दोस्रो दिनमा अलि बढी दुख्छ भने त्यसलाई सामान्य मान्न सकिन्छ।

अरु समस्या नभएर महिनावारीले गर्दा मात्र पेट दुखेको छ भने तेस्रो दिनबाट कम हुँदै जाने डा. वैद्य बताउछिन्। दुखाई कम गर्न ‘हट व्याग’ पनि प्रयोग गर्न सकिन्छ।

तर,

महिनावारी हुनुभन्दा ७–१० दिन अगाडिदेखि दुखाई हुने, महिनावारी भएपछि अझै धेरै दुख्ने, रगत धेरै हुने, महिनावारी सुरु भएको ७–८ दिनसम्म पनि रगत नरोकिने भएमा यो अप्राकृतिक भएको बुझ्नु पर्छ।

सामान्य र असामान्य महिनावारी


२१ दिन पछाडिदेखि ३७ दिन भित्र महिनावारी भएमा त्यो सामान्य प्रक्रिया हुन्छ। तर २१ दिन भन्दा कम अनि ३७ दिनभन्दा पछि महिनावारी हुनु असामान्य महिनावारी हुन्।

यस्तै महिनावारीमा देखापर्ने रगत २ दिनभन्दा कम भयो अथवा रगत हुँदै भएन भने त्यो असामान्य हुन आउँछ । यस्तै महिनावारी सुरु भएको सातौँ दिनसम्म पनि रगत रोकिएन भने सामान्य मानेर बस्नुहुँदैन।

महिनावारी हुँदा दुईदेखि ७ दिनसम्म रगत हुनु सामान्य हो। दुई दिनभन्दा कम रगत भएमा अथवा ७ दिन भन्दा पछि सम्म रगत हुन्छ भने त्यसलाई रोग मान्नुपर्छ।

जसलाई दुई दिनभन्दा कम रगत देखिएको छ, त्यसले कम हुनुको कारण र महिनावारी ७ दिनभन्दा बढि देखिएको छ भने त्यसको कारण थाहा पाउनुपर्छ।

दुई दिन भन्दा कम रगत देखिनुको कारण


महिलाको पाठेघरको दुवैभागमा रहने डिम्बासयमा हरेक मासिक धर्मपछि नयाँ अण्डा बढ्न थाल्छ। १४ दिनमा त्यो अण्डा बयस्क भएर डिम्बबाट पाठेघरमा आइपुग्छ।

बयस्क अण्डासँग दुई देखि तीन दिनभित्र शुक्रक्रिटको भेट नभएको अवस्थामा त्यही अण्डा अर्को १४ दिनपछि नष्ट हुन्छ । यो प्रक्रिया महिलाको महिनावारीको प्रक्रिया हो।

तर कोहीकोही महिलामा महिनावारीमा कम रगत कम देखिन्छ, यसको कारण निम्न अनुसार रहेका छन्।

– पिसियोस अर्थात पाठेघरका दुईओटा डिम्बमा बढ्ने अण्डाहरु बढ्न नसक्नु र पाठेघरसम्म आइपुग्न नपाउनु। यस्तो हुँदा डिम्बासयमा नै अपरिपक्क अण्डा अड्कन्छ अनि महिनावारीमा कम रगत देखिन्छ

– हर्मोनको उत्पादन नियमित, सन्तुलित नहुनु

– पाठेघरको टि. भीको समस्या भएमा

– हर्मोनको परिवर्तन

सात दिनभन्दा बढी रगत किन हुन्छ?


डा. वैद्यका अनुसार यस्तो अवस्थामा पाठेघरको भित्र केही समस्या छ की भनेर बुझ्नु पर्छ। कहिलेकाँही पाठेघरको भित्तामा मासु पलाएको हुन सक्छ।

– बिनायन ट्युमर, पाठेघरको भित्तामा सेतो सेतो मासु पलाउनु, क्यान्सर नहुने ट्युमर

– एडिनोमायोसिस् अर्थात् पाठेघरको भित्ताको मांशपेशीमा भएको एन्ड्रो मेटरियल लाइनिङ मांशपेशीमा छिर्छ र हरेक महिनाको महिनावारीको बेलामा लाइनिङ्बाट पनि रगत बाहिर निस्कने गर्छ र अत्याधिक दुखाई हुन्छ। एडिनोमायोसिस् हुँदा पाठेघरको मांसपेशी सुन्निछ र महिनावारीमा रगत धेरै हुन्छ।

के हो एडिनोमायोसिस्?


डा. वैद्य यसलाई असाध्यै दुखाई हुने समस्या भन्छिन्। साधारणतथा यो समस्यालाई पाठेघर सुन्निले समस्या भनेर बुझिन्छ।

महिनावारीको समयमा पेट दुख्नु प्राकृतिक हो तर महिनावारी नभएको बेलामा पनि पेट दुख्नु एडिनोमायोसिस् हुन सक्छ। यस्तै भारी सामान उचाल्दा दुख्छ, महिनावारीमा धेरै दुख्ने अनि लामो समयसम्म रगत जाने हुन्छ।

यस्तै श्रीमान्सँगको सहबासमा महिलालाई धेरै पिडा हुनु पनि यो एडिनोमायोसिस् हो। यसलाई एन्डोमेट्रोसिस् पनि भनिन्छ।

पाठेघरको चारै भित्ता मांशपेशीले बनेको हुन्छ। यो मांशपेशी पछाडि पातलो झिल्ली हुन्छ । यो झिल्लीलाई एन्डोमेटरियल लाइनिङ भनिन्छ। यसले गर्ने हरेक क्रियाकलाप हर्मोन उत्पादनसँग सम्बन्धित हुन्छ।

महिनावारी हुँदा हुने हर्मोनको उतारचढावले यसलाई पनि प्रभाव पारेको हुन्छ र रगत बग्दा योनीबाट बग्छ।

तर एडिनोमायोसिस्को समस्या हुँदा योनीबाट रगतसँगै बग्दा पाठेघरको मांशपेशीमा पुग्छ, डिम्बासयमा पनि पुगेको हुन्छ र महिनावारी हुँदा यो पनि सक्रिय हुन्छ र असाध्यै पीडा हुन्छ।

पाठेघरभन्दा बाहिर पुगेका टिस्युबाट निस्कले रगत बाहिर जान नपाउने अवस्था हुन्छ र त्यो त्यही जम्न थाल्छ। पछि यो इन्डोमेट्रिक सिस्ट हुन्छ। यसलाई पछि शल्यक्रिया गरेर निकाल्नुपर्छ।

कहिलेकाँही यो आन्द्रा, पिसाब नलि, पिसाब थैलीमा जम्मा हुँदा पिसाब गर्न, दिसा गर्न समस्या हुने, ढाड दुख्ने समस्या हुन्छ। उठबस गर्दा दुख्ने।
डा. वैद्यका अनुसार यस्तो बिरामीलाई सँधै दुख्छ।

गलत बुझाई


प्राकृतिक दुखाई,

दुखाई कम गर्ने औषधिले निको हुन्छ

दीर्घकालीन समस्या होइन

इन्फेक्सन भएको भन्ने बुझाई

टिबी भएको बुझाई

यस्ता बिरामीको गलत उपचार भइरहेको डा. वैद्य बताउछिन्। उनीहरु एक वर्षसम्म एन्टिबायोटिक खाइरहेका हुन्छन्।

यो रोग महिलाको पाठेघर लगायत अंगको बनावटले नै यस्तो समस्या हुन्छ।

यो रोग पहिचानको लागि डाइग्नोस्टिक ल्याप्रोस्कोपिक गर्नुपर्छ। यो एडिनोमायोसिस् भएको थाहा पाउने एक पद्धति हो। बिरामीको स्वास्थ्यको इतिहासलाई राम्ररी हेरियो भने पनि रोग पत्ता लगाउन सकिने डा. वैद्य बताउँछिन्।

प्रजनन् प्रक्रियासँग सम्बन्ध


एन्ड्रोमेट्रोसिस भएका महिललको गर्भाधानमा समस्या देखिन्छ।

डा. वैद्यका अनुसार कतिपय महिला सन्तान नभएको भन्दै जाँच गर्न आउँदा एन्ड्रोमेट्रोसिस भएको पत्ता लाग्छ। यदि महिलालाई पेट दुखाईको समस्या छ भने टिबि मात्र हैन एन्ड्रोमेट्रोसिस पनि भएको होकी भनेर बुझ्न आवश्यक छ।

अप्ठ्याराहरु


जुनसुकै बेलामा दुखिरहनु, दुखाई कम गर्ने औषधि खानु। यसले मानिसको दिनचर्या बिगार्छ।

रोगको पहिचान हुन नसक्नुले पनि बिरामीलाई सही उपचार पाउँदैन। यो समस्या अल्ट्रा साउन्डमा नदेखिने भएकोले पनि रोग पहिल्याउन समस्या हुँदा बिरामीलाई धेरै दुखाई हुने उनले बताइन्।

मासनिस रुपमा तनाव

प्रजननमा समस्या

अस्वस्थ्य यौन जीवन

उपचार


यो समस्याको उपचार बिरामीको उमेर चाहना अनुसार गर्ने गरीन्छ। बिरामीलाई दुखाई मात्र कम गर्ने छ भने ट्याबलेट औषधि दिइन्छ।

१४ देखि माथि उमेरको महिलालाई दिइन्छ। २१ देखि २८ वटा चक्कीको नियमित प्रयोगले महिनावारीलाई रोक्ने काम गर्छ र दुखाई हुँदैन। यो ३ देखि ६ महिना खाने गरिन्छ। पछि नदुख्ने हुनसक्छ।

तत्कालै बच्चा चाहिएको अवस्थामा यसको उपचार फरक तरिकाको हुन्छ।

यो समस्या भएका ४५ वर्ष भन्दा माथिको महिलालाई शल्यक्रिया गर्दा ध्यान दिनुपर्ने ।

पेट दुखेको कारणले एन्टिबायोटिक प्रयो गर्नुपूर्व एन्ड्रोमेट्रोसिस भएको हो की भनेर सोच्नु आवश्यक छ।

इन्फेक्सन भएको हो की होइन भनेर चिकित्सक र बिरामीनै सचेत हुनुपर्छ।

बिरामीले चिकित्सककोमा फलोअपमा जाने ।

तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?