ओयोका प्रमुख प्राविधिक अधिकृत अनिल गोयलसँगअन्तर्वार्ता

‘अब काठमाडौं र पोखरा बाहेकका होटलमा पनि सेवा दिने ओयोको योजना छ’

‘अब काठमाडौं र पोखरा बाहेकका होटलमा पनि सेवा दिने ओयोको योजना छ’
+
-

काठमाडौं– ओयो सन् २०१७ मे महिनामा नेपाल भित्रिएको हो। ओयोले नेपालका होटलहरुसँग सहकार्य गरेर सेवा प्रदान गरिरहेको छ। ओयोले हाल काठमाडौं र पोखरामा गरेर १२० वटा होटलहरुमा सेवा गरिरहेको छ। जसमा दुई हजारभन्दा बढि कोठाहरु छन्।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरिसकेको छ। घोषणासँगै नेपालका होटल व्यवसायीहरुले पनि भ्रमण वर्षलाई केन्द्रत गर्दै आफ्नो सेवा बिस्तार गर्न थालेका छन्। होटलसँगै साझेदारी गर्दै सेवा गरिरहेको ओयोको नेपालमा सेवा विस्तार गर्ने योजना र भ्रमण वर्ष केन्द्रीत तयारी के छ त ? देशसञ्चारले ओयो होटल्स एण्ड होम्सका प्रमुख प्राविधिक अधिकृत अनिल गोयलसँग कुराकानी गरेको छ।

ओयो होटलले कसरी काम गर्छ र नेपालमा कस्ता सेवा दिइरहेको छ ?

ओयो प्रविधिद्वारा संचालित होटल सेवा हो । यसले साना–साना होटलहरुसँग सहकार्य गरेर इन्ड टु इन्ड टेक्नोलोजीको साथै अतिथीहरुलाई सत्कार गर्न एउटा ब्राण्ड बनाइदिएका छौँ। ओयो मार्फत उनीहरुले सस्तो दरमा स्तरीय आवास, खाना र अन्य आधुनिक सुविधाहरु प्रदान गरिरहेको छ। यसले होटलमा ग्राहकहरुले छुट्टै आनन्दको महशुस गरेका छन्।

ओयोले लगानीकर्ता र होटलहरुसँग साझेदारी गरेर उनीहरुलाई तालिमहरु दिनुका साथै होटलहरुको गुणस्तरमा पनि ध्यान दिएको छ। यसले ग्राहकहरुलाई जुनकुनै ठाँउमा ब्राण्डेड, सस्तो सुलभ र गुणस्तरीय सहितको होटल सेवा प्रदान गर्छ।

ओयोसँग साझेदारी गर्र्न होटलहरुले के–कस्ता शर्तहरु पालना गर्नुपर्छ ? नेपालका सबै होटलहरु ओयोलाई आकर्षण गर्न योग्य छन्?

ओयो सन् २०१७ मे महिनामा नेपालमा भित्रिएको हो। ओयोको हाल काठमाडौं र पोखरा गरेर १२० होटलहरुमा सेवा गरिरहेको छ। दुइृ हजारभन्दा बढि कोठाहरु छन्।

हामीले अन्य स्थानमा पनि ओयो होटल सेवा विस्तार गर्ने तयारी गरिरहेका छौं। हरेका होटलहरु ओयोमा जोडिनु अगाडि त्यसको गुणस्तर लगायतका कुराहरु चेक जाँच गरिन्छ।

होटलहरु ओयोको सेवा दिन योग्य देखिए भने उनीहरुसँग साझेदारी गरेर ओयोले आफ्नो प्रविधिद्वारा होटल संचालन गर्ने अनुमति दिन्छ। होटलहरुले ओयोको स्पेसिफिकेसन अनुसार संचालन गरे नगरेको पनि निगरानी गर्छ।

ओयोको प्रोपटी ओनरका लागि प्रोपटी म्यानेजमेन्ट सिस्टम सफ्टवयर निर्माण गरेको छ। जसको प्रयोगबाट प्रोपटी ओनरहरुले दैनिक क्रियाकलाप जस्तै बुकिङ, होटल व्यवस्थापन, रिपियर एण्ड मेन्टेनेन्स्, हाउसकिपिङ, राजस्व व्यवस्थापन लगायतका कार्यहरु सहजै गर्न सक्छन्।

त्यस्तै ओयो ओनरहरुका लागि बुकिङको पारदर्शीता जाँच गर्न सफ्टवयर निर्माण गरिएको छ। साथै उनीहरुले होटलको मूल्य तय गर्न र अन्य व्यवस्थापन गर्न सक्छन्। ओयोले उपभोक्ताहरुलाई होटल बुकिङको झन्झटबाट मुक्त गर्न ओयो एप पनि निर्माण गरेको छ। जसमार्फत ग्राहकहरुले सजिलै केहि सेकेण्डमै आफ्नो छनोट अनुसारको सस्तो र गुणस्तरीय होटल बुक गरेर आफ्नो आवासलाई व्यवस्थित र चाहेजस्तो बनाउन सक्छन्।

ओयोले नेपालमा के–कस्ता सम्भावना देखेको छ? नेपाल भ्रमण वर्ष २०२० का लागि तयारी कस्तो छ?

नेपालमा पर्यटन क्षेत्रमा धेरै संभावनाहरु छन्। यहाँ पयर्टकहरु सुन्दर दृश्य हेर्नुका साथै तीर्थ यात्रा गर्न, आश्चर्यलाग्दो खेल्कुदका अनुभव बटुल्न, रमाइलो गर्न र ट्रेकिङ गर्न आउने गर्छन्।

यस्तो विभिन्न प्रकारका पयर्टकहरुको संभावना बोकेको नेपालमा बजार विस्तार गर्न ओयोका लागि यो सुनौलो अवसर हो। यो अवसरलाई सदुपयोग गर्न हाम्रा ६० भन्दा बढि कर्मचारीहरु नेपालमा डटेर लागि परेका छन्। ओयो होटलमा धेरै लगानी सहित बजार विस्तार गर्ने तयारीमा छ।
अहिले ओयो काठमाडौं र पोखरामा मात्रै सेवा दिइरहेको छ। अन्य शहरहरुमा पनि छिट्टै ओयोले सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

ओयोका लागि दक्षिण एशियाका सीईओ आदित्य घोसले पनि व्यक्तिगत रुपमा आफ्नो समय नेपालमा ओयो होटल व्यवस्थापन र विस्तारमा खर्चिरहेका छन् । हामी अझै धेरै होटलहरुसँग साझेदारी गर्दै ग्राहकहरुका लागि सेवा ल्याउन लागि परेका छौँ । साथै उनीहरुले कन्जुमर एपमार्फत होटल क्यान्सल गर्न र पैसा फिर्ता लिन सक्छन् ।

ओयो होटल र अन्य होटलमा के फरक छ?

ओयो नेपाल भित्रिनु पहिले प्रायः होटलहरु अहिलेको जस्तो सिस्टममा थिएनन्। होटल व्यवस्थापनमा धेरै समस्याहरु थिए। होटलका कोठाहरु समयमै सफा नहुने, आपूर्ति व्यवस्थापनमा अभाव लगायतका समस्याहरु थिए। ओयो भित्रिएपछि दैनिक क्रियाकलापमा मात्र नभएर होटल व्यवसायीहरुलाई पनि एकैपटक धेरै कार्यहरु गर्न सहज भएको छ। ग्राहकहरुले पनि नयाँ अनुभव बटुल्न पाएका छन्। हामी यसलाई थप सेवायुक्त बनाउने अभियानमै छौं।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?