कीर्तिपुरमा ‘दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव’ हुँदै

कीर्तिपुरमा ‘दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव’ हुँदै
+
-

काठमाडौँ– ‘करले हैन रहरले पढौ’ भन्ने नारा सहित दोस्रो कीर्तिपुर बाल साहित्य महोत्सव’ हुने भएको छ। क्रिएटिभ एकेडेमीको सहयोगमा कीर्तिपुर नगरपालिका, कथालय, बाल कला संग्रहालय र शिल्पी थिएटरको संयुक्त आयोजनामा महोत्सव आयोजना हुन लागेको हो। पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।

बालबालिकामा पठन संस्कृतिको विकासले आत्मनिर्भरता तार्किक क्षमता, सिर्जनात्मकता तथा शैक्षिक उन्नयनमा सहयोग पुग्नुका साथै समाज र सिङ्गो मुलुकलाई सकारात्मक टेवा पुग्ने हाम्रो विश्वास सहित कार्यक्रम आयोजना गरिएको हो।

गएको वर्ष गरिएको बाल महोत्सवमा झण्डै ६ हजारले अवलोकन गरेकोमा यस वर्ष ८ हजार पुग्ने अनुमान गरिएको छ।

महोत्सवमा विभिन्न श्रोत व्यक्तिहरूबाट कथालेखन, निबन्ध लेखन लगायतका धेरै कार्यशालाहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

कार्यत्रममा शताब्दि पुरूष संस्कृतिविद् सत्यमोहन जोशी ज्यूलाई सम्मान गरिनेछ । कार्यक्रम फागुन १८ गते बिहान १० बजे सुरु भएर साँझ सकिने छ।

महोत्सवमा साङ्गीतिक, काव्य गोष्ठि, “डम्वरी” नामक नाटक मञ्चन, पुस्तक प्रदर्शनी, पुस्तक विमोचन, पुस्तक परिचर्र्चा, नाटकका कार्यशाला लगायतका क्रियाकलाप सञ्चालन हुने महोत्सवका संयोजक खगेन्द्र गौतमले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?