नख्खु बम बिस्फोट

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’
+
-

काठमाडौँ – ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालय अगाडि शुक्रबार बेलुका भएको बम बिस्फोटमा परि घाइते भएका दुईजनाको उपचार भइरहेको छ । एकजनाको मृत्यु भएको छ ।

घाइते हुनेमा २६ वर्षकी प्रतीक्षा खड्काको शल्यक्रिया भएको डाक्टरले बताएका छन् । शल्यक्रिया सफल भएको र अवस्था सुधार हुँदै गएको डाक्टरले जानकारी दिएको प्रतीक्षाका श्रीमान रितेश खड्काले बताएका छन् । प्रतीक्षालाई जनरल वार्डमा सार्ने तयारी भइरहेको छ ।

प्रतीक्षाका श्रीमान रितेश खड्का

आफूहरु एक्वेरियममा राख्ने माछा लिन नख्खु आएको बेला बिस्फोट भएको रितेशले बताए । रितेशले देश सञ्चारसँग भने, ‘हामी शुक्रबार बेलुका एक्वेरियममा राख्ने माछा लिन आएका थियौँ । माछा लिएर फर्किँदै थियौँ, विष्णुदेवी मन्दिर नजिक पुग्दा बिस्फोट भयो । उनी (प्रतीक्षा) बाइकको पछाडि थिइन् । त्यो बेला केही थाहा भएन । घर गएपछि उनको शरीरको पछाडिको भागबाट रगत बगेको देखियो ।’


बागडोल बस्दै आएका रितेशले भने, ‘त्यसपछि हामी अस्पताल आउन खोज्यौँ । मेडिसिटी आउन बाटो जाम थियो । पहिले अल्का अस्पताल गयौँ । त्यहाँबाट गम्भीर देखेर मेडिसिटी पठाएको हो ।’

प्रतीक्षाको शरीरको पछाडिको भागको दायाँ तिर चोट लागेको हो । शल्यक्रिया गरेर डाक्टरले प्रतीक्षाको शरीरमा छिरेको बमको छर्रा निकालेका छन् ।

यस्तै अर्की घाइते २५ वर्षकी उरुषा मानन्धरको शल्यक्रिया हुँदैछ । उरुषा मेडिसिटी अस्पतालकै नर्स हुन् । काभ्रेको बनेपा घर भएकी उरुषा नैकापस्थित मामा घरमा बस्दै आएकी छन् ।

शुक्रबार बेलुका अस्पतालमा ड्युटी सकेर मामा घरको दाइसँग घर फर्किने क्रममा बिस्फोटमा परेको उनकी बहिनी एकिना मानन्धरले देश सञ्चारलाई बताइन् ।

उरुषाको बायाँ गोडामा चोट लागेको छ । बमको छर्राले उरुषाले बोकेको झोलामा प्वाल परेको र भित्र रहेको टिफिनमा पनि प्वाल परेको थियो । उरुषाको उपचारमा डा. निभा चित्रकार संलग्न छन्।

बिस्फोटमा गम्भीर घाइते भएका लमजुङका सिंहप्रसाद गुरुङको उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

नख्खु बम बिस्फोटमा घाइते भएका एकजनाको मृत्यु

नख्खु बम बिस्फोटमा घाइते भएका एकजनाको मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?