नख्खु बम बिस्फोट

साथीसँग बिदा भइ घर फर्केका सिंहप्रसाद बम बिस्फोटमा परे, संसारबाटै बिदा भए

साथीसँग बिदा भइ घर फर्केका सिंहप्रसाद बम बिस्फोटमा परे, संसारबाटै बिदा भए
+
-

काठमाडौँ – ललितपुरको नख्खुमा रहेको एनसेलको कार्यालय अगाडि शुक्रबार बेलुका भएको बम बिस्फोटमा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भयो । लमजुङ पुर्ख्यौली घर भएका गुरुङ भैँसेपाटीका बासिन्दा हुन् ।

शुक्रबार बेलुका साथीहरुसँग बिदा भएर घर जान लागेका सिंहबहादुर बम बिस्फोटमा परेका हुन् । उनको बायाँ खुट्टा क्षतिविक्षत भएको थियो भने दायाँ खुट्टाको गोलीगाँठोमुनिको भाग थिएन । टाउकोमा बमको छर्रा लागेका उनको शरीरमा चोट थियो ।

बिस्फोट लगत्तै उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राति उनको मृत्यु भयो ।

सिंगापुर प्रहरीका सेवा निवृत लाहुरे सिंहप्रसाद शुक्रबार साथीहरुसँगको भेटघाटका लागि घरबाट निस्केका थिए । साँझ साथीहरुसँग बिदा भएर घर जाँदै गरेका बेला उनी बिस्फोटमा परेको साथी राम गुरुङले देश सञ्चारलाई जानकारी दिए ।

सिंहप्रसादका दुई छोरी र एक छोरा तथा श्रीमती छन् । उनको शव अहिले मेडिसिटी अस्पतालको शव गृहमा राखिएको छ । अस्पतालमा आफन्तको भिड लागेको छ ।

चार दाजुभाइ मध्येका कान्छा सिंहबहादुरका दुई दाइ अहिले अस्पतालमा छन् । उनको शव पोष्टमार्टका लागि पाटन अस्पताल लैजाने तयारी छ ।

यो पनि पढ्नुहोस्

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’

‘घर पुगेपछि थाहा भयो शरीरमा बमले चोट लागेको, त्यसपछि पुगियो अस्पताल’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?