गृहमन्त्री थापा बम बिस्फोटका घाइतेको अवस्था बुझ्न अस्पतालमा

गृहमन्त्री थापा बम बिस्फोटका घाइतेको अवस्था बुझ्न अस्पतालमा
+
-

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् । नख्खुमा शुक्रबार बेलुका बम बिस्फोट हुँदा एकजनाको मृत्यु तथा दुईजना घाइते भएपछि अवस्था बुझ्नका लागि गृहमन्त्री बादल अस्पताल पुगेका हुन् ।

नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते भएका छन् ।

घाइते दुवैको उपचार मेडिसिटी अस्पतालमा हुँदैछ । यस्तै उपचारकै क्रममा सिंहप्रसादको मृत्यु भयो । गृहमन्त्री थापा अवस्था बुझ्नका लागि अस्पताल पुगेका हुन् ।

गृहमन्त्री थापाले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । यस्तै घटनाको छानबिन हुने र संलग्नलाई कारवाही हुने बताए ।

यस्तै नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, सांसद पम्फा भुसाल, नेता देव गुरुङ पनि अस्पताल पुगेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?