चैत १४ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

चैत १४ देखि भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला
+
-

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष पनि निरन्तरता दिने भएको छ।

आइतबार महासंघले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्‍मेलन गरेर चैत १४ देखि १८ गतेसम्‍म अन्तराष्ट्रिय मेला काठमाडौंको भृकृटीमण्डपमा हुने जानकारी दिएको हो।

पत्रकार सम्‍मेलनमा बोल्‍दै उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भनिन्, ‘हामीले नेपाललाई अन्तर्राष्ट्रिय बजारका रुपमा चिनाउन यो मेलाललाई निरन्तरता दिँदैछौ। जसमा स्वदेश तथा विदेशका खरिद तथा विक्रीकर्ताहरुसँगको अन्तरक्रिया, प्रदर्शनी र सहकार्यको लागि अवसर प्रदान गर्नेछौ।’

यस्तै महासंघका मेलाका सभापति दिलसुन्दर श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि स्टल बुकिङ खुला भइसकेको भन्‍दै मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५ र बाङ्गलदेशबाट ४० वटा स्टलहरु रहेको बताए।

उनले भने, ‘३ सय भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवम् विदेशी वस्तुको प्रदर्शनी गरिने छ। इसका साथै मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवम् व्यवसायिक सूचना र शिक्षा लगायतका छुट्टाछुटै स्टलहरु रहनेछन्।’

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि स्टल बुकिङ खुला भएको छ।उक्त मेलाका लागि चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५ र बाङ्गलदेशबाट ४० वटा स्टलहरु, भने नेपाली हस्तकला र एनटीआईएस भैसकेको मेला सहभापती दिलसुन्दर श्रेष्ठले जानकारी दिए। मेलामा स्वदेशी र विदेशी गरी करिव १ लाख अवलोकनकर्ताहरुले अवलोकन गर्ने लक्ष्य महासंघले लिएको छ।

महासंघले अघिल्ले सम्पन्न गरेको अन्तर्राष्ट्रिय मेलामा १ लाखभन्दा बढी स्वदेशी तथा विदेशी आगन्तुकहरुले अवलोकन गरेका थिए भने स्वदेशी र विदेशी गरी वस्तुको प्रदर्शनी गरिएको थियो।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्धन गरी समग्रमा मुलुको अर्थतन्त्रलाई माथि उठाउन महासंघले विश्वास लिएको छ।

मेलामा जेष्ठ नागरिक र फरक रुपले सक्षम नागरिकलाई निःशूल्क प्रवेश गराइने छ भने विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० प्रतिशत छुट दिइने छ। सर्वसाधारणले ५० रुपैयाँको टिकट खरिद गनुपर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?