
ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार रहेको बताइएको छ।
हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, युवराज दाहाल, धुब्रदास भोछिभया र अर्जुनकुमार घिमिरे सवार रहेको बताइएको छ। हेलिकप्टरमा सवार सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुष्टि गरेको छ।
ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएका थिए।
यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ७ जना सवार थिए ।
स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको प्रहरीलाई जानकारी दिएका थिए। खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको थियो।
दुर्घटनामा को–को परे?
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी