
काठमाडौं- ताप्लेजुङमा १२ वर्षपछि अर्को हाइप्रोफाइल ‘हेलिकप्टर’ दुर्घटना भएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार एयर डाइनेस्टीको हेलिकप्टर बुधबार मध्यान्ह ताप्लेजुङको फुङ्लिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएर दुर्घटना भएको हो।
हेलिकप्टरमा सवार सबै ७ जनाको निधन भएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा चर्चित पर्यटन व्यवशायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीको युवराज दाहाललगायत थिए।
मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर बिहान ११ बजेर ३० मिनेटमा तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो।काठमाडौंका लागि उड्नुअघि मन्त्रीले करिब एक घन्टा ४० मिनेट चुहानडाँडा विमानस्थलको अनुगमन गरेका थिए।
यसअघि सन् २००६ काे सेप्टेम्बरमा ताप्लेजुङको धुन्सामा भएको हेलिकप्टर दुर्घटनामा वनमन्त्री गोपाल राई र वातावरणविद् डां हर्क गुरुङसहित २४ जनाको निधन भएको थियो। विश्व वन्यजन्तु कोष-डब्लू डब्लू एफको चार्टर्ड हेलिकप्टर दुर्घटनामा परेको थियो।