हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको यस्तो छ पृष्ठभूमि

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको यस्तो छ पृष्ठभूमि
+
-

काठमाडौं- ताप्लेजुङको फुङलिङमा बुधबार मध्यान्ह भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रविन्द्र अधिकारी तत्कालिन नेकपा एमाले ( वर्तमान नेपाल कम्युनिष्ट पार्टी-नेकपा)का प्रभावशाली नेता मानिन्थे।

कास्कीको भरतपोखरी गाउँमा २०२६ साल बैशाख २२ गते जन्मिएका अधिकारी अखिल नेपाल स्वतन्त्र विधार्थी युनियनको प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला अध्यक्ष, गन्डकी अन्चल अध्यक्ष, पृथ्वि नारायण क्याम्पस स्वतन्त्र विधार्थी युनियन-स्ववियू सभापती, त्रिभुवन विश्वविधालय केन्द्रीय क्याम्पस,कीर्तिपुर स्ववियू सभापती हुँदै कास्कीबाट लगातार तेस्रोपटक सांसद निर्वाचित भएका हुन्।

कास्कीको शान्ती उदय मावीबाट एसएलसी पास गरेका अधिकारी व्यवस्थापन संकायमा स्नातकोत्तर हुन्। २०४२ सालमा पृथ्वी नारायण क्याम्पसमा भर्ना भएका उनी त्यसको दुई वर्षपछि उक्त क्याम्पसमा अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए। विधार्थी संगठनमा २०४५ मा कास्की र २०४७ सालमा गन्डकी अध्यक्ष भएका अधिकारी त्यसको दुई वर्षपछि पृथ्वी नारायण क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए।

कास्की छाडेर काठमाडौँ आएका अधिकारी त्यसपछि २०५३ सालमा त्रिभुवन विश्वविधालय केन्द्रीय क्याम्पस,कीर्तिपुर स्ववियू सभापती भए। त्यसको चार वर्षपछि अनेरास्ववियूको केन्द्रीय अध्यक्ष निर्वाचित अधिकारीले सोही वर्ष तत्कालिन नेकपा मालेबाट प्रतिनिधी सभा निर्वाचनमा लडे। तर कास्की-१ बाट उनले सफलता हात पार्न सकेनन्।

प्रविण गुरुङ हत्याकान्डमा पारस शाहलाई कारबाही हुनुपर्ने भन्दै आवाज उठाएका थिए। विर्धाथीलाई सार्वजनिक यातायातमा ३३ प्रतिशत छुट हुनुपर्छ भनेर आवाज उठाउनेमा पनि अधिकारी अग्रपंक्तीमा थिए।

विधार्थी राजनीतिमा निकै बलियो छाप छाडेका उनी पार्टी एकिकरणपछि २०६० सालमा तत्कालिन नेकपा एमालेको कास्की जिल्ला सचिव पनि भए। ०६२/६३ को जनआन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीले देशभर जनलहर ल्याउँदा कास्की-३ मा अधिकारीले अन्य पार्टीलाई शिर ठाडो पार्न दिएनन्। त्यसयता उनी लगातार तेस्रोपटक सांसद निर्वाचित भए। २०७० को दोस्रो संविधान सभा निर्वाचनपछि उनी संसदको विकाश समिती सभापति पनि भए।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकिकरण पश्चात उनले मन्त्रिपरिषदमा विभागीय मन्त्रीको जिम्मेवारी पाए। उनको राजनितिक करियरमा यो सबैभन्दा ठुलो फड्को थियो। पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेयता मन्त्री अधिकारी केही विवादमा आएपनि उनलाई पार्टीको भावि शसक्त नेताका रुपमा हेरिएको थियो।

अधिकारीका दुई छोरा र श्रीमती छन्।उनका ‘समृद्ध नेपाल’,’ संविधान सभा : लोकतन्त्र र पुनसंरचना’ लगायत पुस्तक प्रकासित छन्।

 

यो पनि पढ्नुहोस्

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, दुर्घटनामा को–को परे?

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबैको मृत्यु भएको पुष्टि, दुर्घटनामा को–को परे?

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी

दुर्घटनामा दिवंगत हुनुअघि हाँस्दै अनुगमन गरिरहेका थिए पर्यटनमन्त्री अधिकारी

मन्त्रीपरिषद्को आकस्मिक बैठक, प्रधानमन्त्रीले सबैको निधन भएको आधिकारिक जानकारी दिए

मन्त्रीपरिषद्को आकस्मिक बैठक, प्रधानमन्त्रीले सबैको निधन भएको आधिकारिक जानकारी दिए

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

चुहानडाँडामा एक घन्टा ४० मिनेट बसेर काठमाडौं फर्किएका थिए मन्त्री अधिकारी

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?