फुङलिङ- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु हुनेको शव पारासुटबाट संकलन गरिँदैछ।
मौसम खराबीको कारणले दुर्घटनास्थलमा हेलिकप्टर ल्याण्ड गर्न नमिलेपछि प्रहरीले पारासुटको सहायताले तल झरेर शव संकलन गर्न लागिएको हो।
काठमाडौँबाट उद्धारको लागि गएको हेलिकोप्टरलाई आगो बालेर झण्डा देखाउँदै ल्याण्ड गर्न खोजिए पनि सम्भव हुन सकेन।
दुर्घटनास्थलमा तारेभीरमा अहिले हिमपात भइरहेको छ। बुधबार भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो।
मन्त्रीसहितको टोलि पाथीभरा मन्दिरको दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटना भएको हो।
हेलिकोप्टर मन्दिरभन्दा १० हजार ३९८ फिट तल दुर्घटनाग्रस्त भएको हो।