शव हेर्ने धेरै थिए, संकलन गर्ने कोही भएन

आगो बालेर निगालोको झ्याङमुनि बसी रातभर शव कुर्‍यौँ

आगो बालेर निगालोको झ्याङमुनि बसी रातभर शव कुर्‍यौँ
+
-

ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना भएर उद्धार गर्न जानु पर्ने आदेश अनुसार हामी सुकेटार हुँदै दुर्घटनास्थल पुगेका हौँ ।

नेपाली सेनाको हेलिकप्टरबाट हामी दुर्घनास्थल डोरीको सहायताले झरेका हौँ । त्यहाँ पुग्दा शव छरपष्ट अवस्थामा थियो । हेर्ने मान्छेहरु थिए, तर कसैले शव संकलन गरेका थिएनन् । शव छरपष्ट भए पनि कसैले संकलन गरेका रहेनछन् ।

शव हामीले नै गएर संकलन गरेका हौँ । शव पहिले नै संकलन भएको भए बुधबार नै सबै शव सुकेटार विमानस्थल ल्याउन सकिने थियो ।

सबै शव हामीले गएर संकलन गरेर पोको पारेका हौँ । चारवटा शव पोको पारेर बुधबार बेलुका नै पठाउन सकियो । तर तीनवटा शव भने सकिएन ।

संकलन गरेर पोको पार्दा नै मौसम खराब भयो । त्यसपछि पनि हामीले डोकोमा बोकेर शव सुकेटारसम्म ल्याउने कोशिस गरेका थियौँ । तर बाटो अप्ठ्यारो र मौसम खराब भएका कारण सकिएन ।

शव त्यहिँ छोडेर आउने कुरा भएन ।

हामीलाई आदेश थियो–शव लिएर आउने वा शव कुरेर बस्ने । हामी तीनवटा शव कुरेर बस्यौँ । हामी ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जय सिंह थापाको नेतृत्वमा हामी २०–२१ जना रातभरि शव कुरेर बस्यौँ ।

आफू पनि झुण्डिएर हेलिकप्टरमा शव ल्याउँदै गरेका सेनाका उद्धारकर्मी प्रताप लामा र तेजबहादुर घले। तस्बिर : बर्षा शाह/देश सञ्चार

रातभरि ठूलो हिउँ पर्‍यो । पानी पनि परेको थियो । हामी शवको नजिकै आगो बालेर रातभर बस्यौँ । निगालोको झ्याङको ओत पारेर बसेका थियौँ । राति हामीले चाउचाउ र चिउरा खायौँ ।

बिहान हुने बित्तिकै मौसम केहीबेर खुल्यो । हेलिकप्टर आयो, हामीले शव पठायौँ । यस किसिमको दुर्घटना र विपदको उद्धारको तालिम लिएकाले म र अर्को एकजना (तेजबहादुर घले, उनी पनि प्रतापसँगै उद्धारका लागि गएका थिए) शवसँगै डोरीमा झुण्डिएर सुकेटारसँग विमानस्थलमा आयौँ । यसरी नआएको भए, हिँडेर आउनु पर्ने थियो र हामीले तालिम लिएकाले यसरी आउन सक्यौँ ।

उद्धारकर्मी प्रताप अहिले सुकेटार विमानस्थलमा छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार

दुर्घटना तथा अरु विपत्तमा उद्धारमा धेरै खटिएको थिएँ तर जंगलमा रातभर हिउँ परेको ठाउँमा खुला आकाशमुनि बसेर उद्धारको काम गरेको यो पहिलोपटक हो ।

हेलिकप्टर दुर्घटनास्थलमा बस्ने अवस्था थिएन । हामी रातभर बसेर शव कुरियो । यसरी नबसेको भए जंगली जनावरले शव तितरवितर पार्ने डर हुन्थ्यो ।

चिसोमा निकै कठ्याङ्ग्रिएर बसे पनि उद्धार गर्न सकियो ।

(नेपाली सेनाको रेञ्जर रेजिमेन्टमा विगत १५ वर्षदेखि कार्यरत ३४ वर्षका प्रताप लामासहितको टोली ताप्लेजुङको सिस्नेभीरमा बुधबार पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ज्यान जाने गरि भएको दुर्घटनापछि उद्धारको काम गरेकाे हाे। बाराका स्थायी बासिन्दा प्रताप लामाले विपदमा उद्धारको काम गर्दै आएका छन् । उनीसँग देश सञ्चारकी बर्षा शाहले कुराकानी गरेकी हुन् । )

यो पनि पढ्नुहोस्

कुहिरोले ढाक्यो सुकेटार विमानस्थल, हिउँ पर्दा शव काठमाडौँ लैजान ढिलाई

कुहिरोले ढाक्यो सुकेटार विमानस्थल, हिउँ पर्दा शव काठमाडौँ लैजान ढिलाई

सेनाका उद्धारकर्मीले आफू पनि रसीमा झुण्डिएर यसरी ल्याए शव

सेनाका उद्धारकर्मीले आफू पनि रसीमा झुण्डिएर यसरी ल्याए शव

‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’