मन्त्री अधिकारीका कान्छा छोरा निवासमा पुगे

नातिको गाला सुम्सुम्याउँदै रोइन् हजुरआमा, समवेदना दिन पुगेका नेताहरु निशब्द

नातिको गाला सुम्सुम्याउँदै रोइन् हजुरआमा, समवेदना दिन पुगेका नेताहरु निशब्द
+
-

काठमाडौँ – हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका मन्त्री रवीन्द्र अधिकारीका कान्छा छोरा हरिहरभवन स्थित निवासमा पुगेका छन् । फुपूको घरमा राखिएका १० वर्षका सरोज अधिकारीलाई केहिबेरअघि मन्त्री निवासमा ल्याएको हो । उनले शोकाकुल आमासहित हजुरबुवा र हजुरआमालाई भेटेका छन् ।

कान्छो नाति पुगेपछि शोकाकुल रहेकी हजुरआमाले उनको गाला सुम्सुम्याएर रोएकी थिइन् । बुधबारदेखि ओछ्यानमै पल्टेकी हजुरआमा नाति पुगेपछि मात्रै उठेकी थिइन् ।

मन्त्री अधिकारीका जेठा छोरा बिराज भारतको बेङग्लोरबाट फर्किरहेका छन् । उनी बिहिबार नै काठमाडौँ पुग्ने परिवारजनले जनाएको छ । यसैबीच मन्त्री अधिकारीको परिवारलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादव, नेकपाका नेता नारायणकाजी श्रेष्ठ र जनादर्न शर्माले भेट गरेका छन् ।

भेटमा मन्त्री यादव र नेता शर्माले केही बोलेनन् भने नेता श्रेष्ठले आफूसँग केही भन्ने शब्द नै नरहेको बताएका थिए ।

यो पनि पढ्नुहोस्

मन्त्री निवासमा सन्नाटा, छोरा फुपूको घरमा

मन्त्री निवासमा सन्नाटा, छोरा फुपूको घरमा

अर्धचेत मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

अर्धचेत मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?