बिरामी भाइको उपचार खर्च जुटाउन दाजु सडकमा

बिरामी भाइको उपचार खर्च जुटाउन दाजु सडकमा
+
-

दाङ– आर्थिक अवस्था कमजोर भएका कारण राप्ती गाउँपालिका वडा नं. ८ पिपरी निवासी २८ वर्षीय ओमप्रकाश परियारको उपचारमा समस्या भएको छ।

आमाशयमा समस्या भएका ओमप्रकाशको ४५ दिन देखि शिक्षण अस्पतालमा उपचार भैरहेको दाजु सञ्जिव परियारले बताए।  उनका अनुसार उपचारमा अहिले सम्म ११ लाख खर्च भइसकेको छ।

चिकित्सकले उपचारमा थप खर्च लाग्ने बताएपछि भाइको ज्यान बचाउन सञ्जिव सडकमा चन्दा मागेर उपचार खर्च जुटाउन थालेका छन्। ‘भएभरको सम्पत्ति सकियो। भाइलाई बचाउन चन्दा उठाउँदै हिँडेको छु।’ उनले भने ‘अझै छ–सात महिना अस्पतालमा राख्ने भनेका छन्। मासिक चार–पाँच लाख खर्च भैरहेको छ।’

कपडा सिलाएर घर खर्च चलाउँदै आएका ओमप्रकाशका एक छोरा र एक छोरी छन्। श्रीमती पुष्पा श्रीमानकाे उपचारको लागि काठमाडौँमा छिन्। उपचारको लागि शुरुमा भैरहवा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भारतको गोरखपुर लगियो।

गोरखपुरमा पनि उपचार हुन नसकेपछि वीर अस्पतालमा उपचार थालिएको थियो। अहिले उनलाई वीर अस्पतालबाट सारेर शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ।

भाइको उपचारका लागि आर्थिक सहयोग गरिदिन सञ्जिवले सबैसँग अपिल गरेका छन्। सहयोग गर्न चाहनेहरुले एनआइसी एसिया बैंकको सिसहनिया शाखामा रहेको सञ्जिव परियारको खाता नम्बर ५१००२५९०९८५२४००१ मा रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?