आइतबार नर्भिकले नाक,कान,घाँटीको निःशुल्क परीक्षण गर्ने

आइतबार नर्भिकले नाक,कान,घाँटीको निःशुल्क परीक्षण गर्ने
+
-

काठमाडौँ– विश्व श्रवण दिवसका अवसरमा नर्भिक इन्टरनेशनल हस्पिटलले नाक, कान र घाँटीको निःशुल्क परीक्षण गर्ने भएको छ।

आउँदो आइतबार अस्पतालले ‘आफ्नो श्रवण शक्ति जाँचौँ’ भन्ने मूल नाराका साथ नाक, कान, घाँटीका बिरामीहरुका लागि निःशुल्क परीक्षण गर्ने भएको हो ।

नर्भिकको नाक–कान–घाँटी विभागले बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने जनाएको छ ।

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका प्रदुषण, वायु प्रदूषण लगायत संक्रमणका कारण मानिसको श्रवण शक्तिमा समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन्।

ती मध्य पनि अत्याधिक ध्वनिसहितका कल–कारखानामा कार्यरत श्रमिक, विमानस्थल वरपरका बासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयरफोन प्रयोग गर्ने बानी भएकाहरु, चर्को आवाजसहितको मनोरञ्जन र कानमा भएका विभिन्न संक्रमणहरूले गर्दा श्रवण शक्तिमा समस्या मात्र निम्त्याउने नभई बहिरोपनाको सम्भावना धेरै भएको चिकित्सकहरु बताउँदै आएका छन्।

त्यसैले श्रवण शक्ति समस्याको बारेमा समयमै पहिचान गरी उपचार गर्नाले श्रवण शक्ति जोगाउन वा बहिरोपन सकिने उनीहरुले बताउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्ककाअनुसार हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्तिको समस्याबाट पीडित छन् । ती मध्य ३४ करोड बालबालिका मात्रै रहेको उल्लेख गरिएको छ ।

नेपालमा कति त्यस्ता विरामी छन् भन्ने तथ्यांक नभएपछि संख्या अत्यधिक रहेको अनुमान छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?