
मेरो लभ उ सँग परेको छ,
मेरो लभ उनीसँग परेको छ,
मेरो लभ तिनीसँग परेको छ ।
मेरो लभ तिमीसँग परेको छ,
मेरो लभ तपाईसँग परेको छ,
मेरो लभ म आफैसँग परेको छ,
मेरो लभ कोहिलिको कुहुँकुहुँ सँग परेको छ ।
मेरो लभ भरियाको पसिनाहरुसँग परेको छ,
मेरो लभ नेपाल आमाको सपनाहरुसँग परेको छ,
मेरो लभ देश बनाउने शहीदहरुसँग परेको छ ।
मेरो लभ बाँसुरिको धुनधुनमा,
मादलुको तालतालमा,
गीतहरुको सुरसुरमा परेको छ ।
मेरो लभ हिमालको हिउँहरुसँग परेको छ,
मेरो लभ बगिरहेका नदीहरुसँग परेको छ,
मेरो लभ झर्रझर्र गर्ने झर्नाहरुसँग परेको छ,
वास्तममा मेरो लभ यिनै
उकाली ओराली ति भीरपाखाहरुमा
हरियालि सुन्दर वनपाखाहरुसँग परेको छ,
मेरो लभ नेपाल सँग परेको छ ।
सम्झना पौडेल