पूर्वअर्थमन्त्री अधिकारीका अंगहरुले काम गर्न छाडे, बचाउन गाह्रो

पूर्वअर्थमन्त्री अधिकारीका अंगहरुले काम गर्न छाडे, बचाउन गाह्रो
+
-

काठमाडौं–पूर्व अर्थमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेको र बचाउन सकिने अवस्था न्यून रहेको अस्पतालले जनाएको छ।

ह्याम्स अस्पतालले शनिबार अपरान्ह परिवारका सदस्यलाई समेत साथै राखेर पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य बारे जानकारी गराएको हो।

फोक्सो र मुटुमा समस्या देखिएपछि अधिकारीलाई तीन हप्ता पहिले ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।चिकित्सक विज्ञानअनुसार सम्पुर्ण उपाय अपनाउँदा समेत अधिकारीको स्वास्थ्य अवस्था केही दिनदेखि खच्किँदो अवस्थामा रहेको र आज थप जटिल भएको चिकित्सकले बताए।

उनलाई कृतिम स्वाप्रस्वासका लागि भेन्टिलेटरमा राखिएको छ। रक्तचाप बढाउने औषधिको प्रयोग गर्नु परेको र सम्पुर्ण प्रयासका बाबजुत पनि बचाउन सकिने संभावना कम रहेको चिकित्सकले जानकारी दिएका छन्।

अस्पतालका अनुसार उनका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेका छन्।

२४ घण्टादेखि पिसाव नगएको, बचाउन सकिने संभावना न्यून रहेको र उनलाई सजिलो बनाउने उपचार गरिरहेहको अस्पतालले जनाएको छ।

अरु कुनै समस्या देखिएमा तत्कालै जानकारी गराउने पनि अस्पतालले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?