‘पर्यटन वर्ष २०२०’ अभियान सफल पार्न नयाँ कार्य योजना सार्वजनिक

‘पर्यटन वर्ष २०२०’ अभियान सफल पार्न नयाँ कार्य योजना सार्वजनिक
+
-

काठमाडौं-गैरआवासीय नेपाली संघले नेपाल सरकारले घोषण गरेको नेपाल पर्यटन वर्ष २०२० अभियानलाई सफल पार्न विभिन्‍न कार्य योजना सार्वजनिक गरेको हो।

पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरेर संघले यसअघि नै घोषणा गरेका पर्यटन प्रवद्धन वर्ष अन्तर्गत सारेको विभिन्‍न गतिविधिबारे जानकारी दिएको हो।

यस अभियानमार्फत सरकारको संघको सञ्‍जाल विस्तार भएका ८० मुलुकबाट पर्यटक भित्र्याउन ‘तीन मित्र आफ्नो मुलुक पठाऊ’ अभियानलाई अघि बढाउने गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बताए।

उनले भने ‘नमस्ते, अथिति देवभवःलगायतका अभियानलाई निरन्तरता दिने, डाष्स्पोरा मार्फत नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवम् पर्यटन प्रवधन गर्ने योजना रहेको छ। नेपालमा पर्यटकहरुलाई देखेपछि प्रत्येक मानिसले हासेर नमस्कार गरौ र विदेशमा पनि नेपालीले मिठो मुस्कानसहित नमस्ते गरौँ। यसो गर्दा हाम्रो संस्कार देखेर पनि पर्गटक हाम्रो मुलुकमा घुम्ने रहर जागोस भनेर रासिट्रय समन्वय परिषदहरुले काम गरिरहेका छन्।’

यस्तै विदेशमा रहेका नेपाली समुदायहरुले गर्यटकहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने, नेपाली महोत्सव आयोजना गर्ने, विदेशमा विभिन्‍न संघ–संस्थासंग मिलेर व्यवसायिक कार्यशाला तथा प्रवर्द्धनात्मक कार्यक्रम गर्ने, नेपालीद्वारा सञ्‍चालित रेष्टुरेन्ट र अन्य व्यपसायिक ठाँउमा नेपाललाई चिनाउने सामाग्री राख्ने, नेपालको संस्कुति झलकिने खालका कार्यक्रम गर्ने लगायतका योजना संघले गरिरहेको अध्यक्ष भट्टले बताए।

प्रर्यटन प्रवधनका लागि नेपाललाई चिनाउने विभिन्न मौलिक र सांस्कृतिक पहिचान बोकेका फोटो प्रदर्शनी गर्ने, खेलकुद प्रतियोगिताका कार्यक्रम आयोजना सञ्चालन गर्ने र सरकारले पहिचान गरेका १ सय वटा गन्तव्य स्थलमा बढीभन्दा बढी बाह्य प्रर्यटक र डायस्पोरा भित्र्याउने रणनीति संघले बनाएको छ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन वर्ष २०२० अभियानका संयोजक सोमनाथ सापकोटा र एक्सपेरिएन्स नेपालका संयोजक दिपेशमान शाक्यले अभियान अन्तर्गतका प्रस्तावित गतिविधिबारे जानकारी गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?