डिस्लेक्सियाबारे नरेन्द्र मोदीको अपाच्य मजाक

राहुल गान्धी लक्षित मजाकले नरेन्द्र मोदी आलोचित

राहुल गान्धी लक्षित मजाकले नरेन्द्र मोदी आलोचित
+
-

बाल मनोविज्ञानका अनुभवी तथा वरिष्ठ विज्ञले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माफी माग्नु पर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सार्वजनिक कार्यक्रममा डिस्लेक्सियाको मजाक उडाएका थिए । त्यसपछि मोदीको आलोचना सुरु भएको हो र बाल मनोविज्ञले मोदीले यसका लागि माफी माग्नु पर्ने बताएका छन् ।

मोदीले शनिबार राति भएको एक कार्यक्रममा सम्बोधनको क्रममा डिस्लेक्सिया भएका बाललबालिका लागि अपनाइने विधि वा उपचारले ‘४० देखि ५० वर्षका बच्चा’ लाई काम गर्छ कि गर्दैन ? भनी प्रश्न गरेका थिए । उनले आफ्नो सम्बोधनमा ‘४० देखि ५० वर्षको बच्चा’ भनेर कांग्रेस अध्यक्ष राहुल गान्धीलाई शंकेत गरेका हुन् ।

डा. रोमा कुमारले बिबिसीसँग भनेकी छन्, ‘जब देशको प्रधानमन्त्रीले यसरी बोल्छन्, जुन कुनै निकै गैरजिम्मेवार र असंवेदनशील हो । उनले माफी माग्दै पर्छ ।’

दिल्लीको सर गंगा राम अस्पतालमा गएको तीन दशकदेखि कार्यरत क्लिनिकल साइकोलोजिस्ट डा. कुमारले लर्निङ्ग डिस्एबिलिटिजमा विषेशज्ञता हाँसिल गरेकी छन् ।

डिस्लेक्सिया बालबालिकामा हुने सिकाई समस्या अर्थात लर्निङ्ग डिस्एबिलिटिज हो, जसका कारण पढ्न, लेख्न र स्पेलिङ्गमा समस्या हुन्छ । डिस्लेक्सिया भएका केही चर्चित व्यक्तिमा निर्देशक स्टिभन स्पेलबर्ग, अभिनेता टम क्रुज र अभिशेख बच्चन हुन् ।

भारत सरकारले सन् २०१५ मा गरेको आँकलन अनुसार भारतका कम्तिमा १० प्रतिशत अर्थात ३५ मिलियन बालबालिकामा डिस्लेक्सिया रहेको छ । तर डा. कुमारका अनुसार भने यो समस्याबाट ग्रस्त बालबालिकाको संख्या अधिक रहेको बताउँछिन् ।

मोदीले शनिबार राति इन्जिनियरिङ्गका विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा डिस्लेक्सियाबारे भत्ता मजाक गरेका हुन् । उनले महिला तथा बालिबालिकाको सुरक्षाका सम्बन्धमा प्राविधिक आइडियाबारेको कार्यक्रममा सम्बोधन गरेका थिए ।

यो पनि पढ्नुहोस्

‘प्रधानमन्त्री जी, के तपाईँलाई कत्ति पनि लाज लाग्दैन?’

‘प्रधानमन्त्री जी, के तपाईँलाई कत्ति पनि लाज लाग्दैन?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?