स्टिम सेल ट्रान्सप्लान्ट

बेलायतका एक व्यक्ति एचआइभी ‘मुक्त’

बेलायतका एक व्यक्ति एचआइभी ‘मुक्त’
+
-

बेलायतमा एचआइभी संक्रमण भएका एक व्यक्तिमा स्टिम सेल ट्रान्सप्लान्टपछि एचआइभी नदेखिएको अनुसन्धानकर्ताले बताएका छन्। यस्तो भएको यो इतिहासको दोस्रो घटना हो ।

नेचर जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार स्टिम सेल ट्रान्सप्लान्टपछि ती व्यक्तिमा एचआइभीको संक्रमण नदेखिएको र उनले एचआइभीको औषधि पनि लिएका छैनन्।

तर ती व्यक्तिमा रहेको एचआइभी संक्रमणको उपचार पूर्ण रुपमा भएको वा ती व्यक्ति एचआइभी मुक्त भएको भन्‍न तत्काल नसकिने अनुसन्धानकर्ताले बताएका छन् ।

स्टिम सेल ट्रान्सप्लान्ट गरिएका व्यक्तिलाई क्यान्सरको संक्रमण पनि थियो । एचआइभीको संक्रमण भएको तर अरु रोग नरहेको व्यक्तिमा स्टिम सेल ट्रान्सप्लान्ट विधि प्रयोग गर्न नहुने विज्ञले बताएका छन् । तर यसले भविष्यमा एचआइभीको उपचारको विधि थाहा पाउन सहयोग गर्ने बताएका छन् ।

सन् २००३ मा एचआइभी संक्रमण भएको थाहा भएका ती व्यक्तिलाई सन् २०१२ मा क्यान्सर भएको थियो । उनलाई क्यान्सरको उपचारसँगै एचआइभीको विस्तार कम गर्नका लागि डोनरमार्फत स्टिम सेल ट्रान्सप्लान्ट गरियो । यसले क्यान्सर र एचआइभी दुवै हराएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

युनिभर्सिटी कलेज लण्डन, इमपेरिएल कलेज लण्डन, क्याम्ब्रिज युनिभर्सिटी र अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता यो अनुसन्धानमा संलग्‍न छन् ।

१० वर्षअघि बर्लिनका एक एचआइभी संक्रमितलाई एचआइभी भाइरसको संक्रमण रोक्नका लागि बोनम्यारो ट्रान्सप्लान्ट गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?