
काठमाडौ-स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
९१ बर्षीया उनलाई एक सातादेखि खोकी लाग्ने, कप आउन गाह्रो हुने समस्या देखिएको थियो। पछिल्लो समय स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको हो।
उनको उपचार डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीवास्तवको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको अस्पतालले जनाएको छ।