
पोखरा- ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निधनले उनकी धर्मपत्नी विद्या भट्टराईलाई ठूलो चोट परेको छ। विद्यार्थी राजनीतिदेखिमा छँदै समकालीन प्रिय साथी रवीन्द्रसँग जीवनभरको साथ बिताउने वाचाबन्धनमा यात्रा थालेकी उनको अकस्मात ! एउटा रथको पाङ्ग्रा दैबले हर्यो।
आफ्ना मनभरीका चोटलाई उनले शब्दमा सायदै उत्तार्न त सक्दिनन् तर भावले प्रष्ट देखाउँछ। शब्द फड्कारेर बोल्न सक्ने अवस्थामा पनि छैनन् विद्या। सातौं दिनमा किरियाकर्म सकिने भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको श्रद्धान्जली सभामा आँट गरेरै बोलिन्। र रवीन्द्रको माल्र्यापण तस्वीरमा दुई थुंगा फूल चढाएर आफ्ना मनका वह शुभेच्छुक, पार्टी र उपस्थित नागरिकहरुलाई समर्पित गर्दै भनिन्।
‘पार्टीले आज कमरेड रवीन्द्रको सम्मानमा जुन श्रद्धान्जली सभा आयोजना गरेको छ। म र मेरो परिवारको तर्फबाट पार्टी संयन्त्र र पार्टीलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पार्टी, सिंगो देशबासीले जुन सम्मान दिनुभएको छ। त्यस सम्मानको लागि पनि म यहाँ तपाईहरु माझ उपस्थित भएको छु। हाम्रो परिवारको लागि मात्रै होइन सिंगो देशले अभाव बेहोरेको छ। त्यसकारण पनि हाम्रो परिवार एक्लो छैन् भन्ने लागिरहेको छ।
हाम्रो परिवारसँग सिंगो देश छ, पार्टी छ र आम जनसमुदायको सम्मान छ। त्यहिँ ढासडले गर्दा पनि म उभिएर बोलेकी छु। तपाईहरुको साथ र सम्मान नपाएको भए यहाँ उपस्थित भएर बोल्ने सामर्थ राख्ने थिइनँ। अकल्पनीय कुरा बेहोरिरहँदा हामी सबै दुःखी छौं। मैले के देखिरहेको छु भने पार्टीले उहाँलाई यति धेरै सम्मान दिएको छ की।
सिंगो पार्टीले उहाँलाई उहाँको विचारलाई भोली बोकेर हिड्ने छ भन्ने अनूभुत गरिरहेका छौं। यसकारण अब हामीले गुमेको कुरालाई भन्दा पनि उहाँको विचार र उहाँले व्यक्त गरेको उद्देश्यलाई पूरा गर्न पार्टी र सरकार लाग्ने छ। त्यसमा परिवार त एउटा सानो इकाई हो।
रवीन्द्र जीको राजनीतिक जीवनमा अलि पछाडी मात्रै जोडिए तर आमाबुबाको माया, साथ र राजनीतिमा लाग्न दिनुभएको योगदान सधैं कदर गर्छु। जुन राजनीतिक उचाईमा उहाँ पुग्नु भयो। आमाबुबाको योगदान छ। हामी सबैका लागि अत्यन्तै सह्रानीय छ। भाईहरु जसले एउटा राजनीतिक परिवार भित्रको अभावलाई पूरा गर्नका लागि खेल्नु भएको भूमिका। बहिनी जसले दाईको मायालाई पनि कहिलेकाहिँ दाई भनेर भन्न नपाउने अवस्था। यस्ता कारणले गर्दा पनि उहाँको उचाईमा परिवारको साथ अतुलनीय छ।
मेरो र उहाँको सम्बन्ध राजनीतिले जोड्यो। हाम्रो माया राजनीतिले जोड्यो। म जब विवाह गरे। मलाई के लाग्यो भने। दुबै जना राजनीतिमा लागिरह्यौं भने त्यसले पारिवारिक व्यवस्थालाई एकखालको अप्ठ्यारो पार्न सक्छ। यसकार म आफू प्राज्ञिक क्षेत्रतिर लाग्दा उहाँलाई सहज हुन्छ र अब्बल भएर निस्कन सजिलो होला भन्ने महशुस गरे। उहाँसँग जुन किसिमको उत्कृष्ट, अब्बल र प्रेरणामुखी भएर अघि बढ्नु पर्छ भन्ने सोच थियो। त्यहिँ सोचका कारण आज हामीले उर्जा पाइरहेका छौं।
अन्त्यमा, रवीन्द्र जीको सपना साकार बनाउन पार्टीले भूमिका खेलेको छ र त्यसमा परिवार विश्वस्त छौं। उहाँको अभियानलाई सजिलो बनाउनका लागि परिवारको साथ रहने छ भन्दै रवीन्द्र स्मृति प्रतिष्ठान बनाउने सोचमा छौं। पार्टी र नेताहरुसँग सरसल्लाह गर्दै प्रतिष्ठान स्थापनाको काम अघि बढाइने छ भन्दै बिदा हुन्छु। धन्यवाद !
सातौं दिनमा पार्टीले आयोजना गरेको श्रद्धान्जली सभामा रवीन्द्र पत्नी विद्याले सम्बोधन गरेको सम्पादित अंश