
काठमाडौँ – थरुहट आन्दोलनका क्रममा प्रहरी वरिष्ठ उपरीक्षकसहित आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान जाने गरि भएको टीकापुर हत्याकाण्डको फैसला आज (बुधबार) हुन सक्ने सम्भावना छ ।
टीकापुर घटनाको मुद्दामा मंगलबार नै बहस सकिएकोले बुधबार फैसला हुन सक्ने सम्भावना रहेको कैलाली जिल्ला अदालतका श्रेष्तेदार इन्द्र कठायतले जानकारी दिए ।
तर इजलासले थप केही बुझ्न आवश्यक ठानेमा भने बुधबार नै फैसला नहुन सक्छ । श्रेष्तेदार कठायतले इजलासले थप नयाँ कुरा बुझ्नुपर्ने अवस्थामा बाहेक फैसला नरोकिने बताए । झण्डै एक हप्ता वादी र प्रतिवादीका कानुन व्यवसायीबीच बहस भएको थियो ।
टीकापुर हत्याकाण्डको अभियोगमा प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी अन्तर्गत मुद्दा दायर भएको छ।
सांसद रेशम चौधरी, नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन्।