दिर्घकालिन विकासका लागि इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक-अर्थमन्त्री खतिवडा

दिर्घकालिन विकासका लागि इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक-अर्थमन्त्री खतिवडा
+
-

काठमाडौँ– नेपाल सरकार र निजि क्षेत्रको संयुक्त लगानी रहेको नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि अस्वस्थताका कारण प्रधानमन्त्री उपस्थित हुन नसकेपछि अर्थमन्त्री खतिवडाले उद्घाटन गरेका हुन्।

बैंकको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले दिर्घकालिन विकासका लागि इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको आवश्यकता भएको बताए। अन्य बैंक अल्पकालिन योजनाका साथ अघि बढेको भन्दै उनले यो बैंक दिर्घकालिन योजनाका लागि भएको बताए। बैंकमा सरकारको पनि लगानी भएकोले बढी विश्वसनीय हुने उनले दावी गरे।

उनले भने,‘बैक पनि निजी क्षेत्रले चलाएका छन् उद्योगी व्यापारी तपाईहरु हो। उद्योग वाणिज्य संघहरु व्याज घटाउन माग गर्दै आन्दोलन गर्ने, बैंकर्स संघ व्याजदर नघटाउने, यो राम्रो भएन। व्याजदरको विषयमा सरकारी हस्तक्षेप निम्त्याउने क्रियाकलाप नगर्नुस्।’

निजी क्षेत्रका केही गतिविधि अतिवादी भएको भन्दै अर्थमन्त्री खतिवडाले यस्तो प्रवृतिले सरकारी हस्तक्षेप निम्त्याउने र अतिवाद सरकारलाई पाच्य नहुने उनले बताए।

उनले भने ‘व्यवसायीहरु ६ प्रतिशत माग गर्ने, बैंकर्सहरु १६ प्रतिशत भन्दा कममा कर्जा नदिने, दुवै पक्षले ६ र १६ अंकको विचको अंकलाई रोज्नुस्।’

त्यस्तै उनले पूर्वाधार विकास बैंकलाई अल्पकालीन व्याजदरमा लडाई नगर्न आग्रह पनि गरे। ‘बैंक तथा वित्तिय संस्था धेरै भयो भनेर मर्जर अभियानमा लागेको हुँ तर आज फेरी नयाँ बैंकको उद्धघाटन गर्दैछु।’ यो बैंक फेरि २८ वटा वाणिज्य बैकसँग प्रतिस्पर्धामा नजान अर्थमन्त्रीले आग्रह गरे।

४० अर्ब अधिकृत पुँजी, २० अर्ब जारी पुँजी र १२ अर्ब चुक्ता पुँजी रहेको बैंकले सार्वजनिक तथा निजी साझेदारीमार्फत नेपालमा यातायात, कृषि, उर्जा, पर्यटन,सेज, आधुनिक सहरी पूर्वाधार, सूचना प्रविधि लगायतका विकासमा काम गर्ने लक्ष्य रहेको छ।

बैंकले सर्वसाधारणलाई ८ अर्बको सेयर जारी गर्नेछ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले सात वटा प्रदेशमा कार्यलय स्थापना गरेर काम अघि बढाउने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?