
धनगढी – प्रहरीले २ किलो ३ सय ग्राम सुनसहित धनगढीका एक व्यापारीलाई पक्राउ गरेको छ ।
कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले बुधबार राति कैलालीको चिसापानीमा जाँचका क्रममा २ किलो ३ सय ग्राम सुनसहित धनगढीका व्यापारी रमेशकुमार शैँजुलाई पक्राउ गरिएको जानकारी दिए ।
शैँजुसँगै गाडीमा रहेकी एक महिलालाई पनि सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शैँजुसँग १ किलो ३ सय ग्राम सुन खरिद गरेको बिल भेटिएको तर एक किलो सुनको भने बिल नभेटिएको प्रहरी प्रमुख तिमिल्सेनाले जानकारी दिए ।
शैँजुले सुन काठमाडौँबाट खरिद गरेर ल्याएको दाबी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।