१५ औँ योजनाको मस्यौदा तयार

१५ औँ योजनाको मस्यौदा तयार
+
-

काठमाडौँ – राष्ट्रिय योजना आयोगले दीर्घकालीन सोचसहितको १५ औँ योजनाको मस्यौदा तयार पारेको छ।

उक्त मस्यौदामा सरकारले आगामी पाँच वर्षमा ९७ खर्ब ७७ अर्ब ७५करोड लगानी गर्ने योजना बनाएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न १५ औँ पञ्चवर्षीय योजना सफल हुने दाबी गरे। उनले भने ‘आगामी २५ वर्षका लागि दीर्घकालीन सोच समेत तयार भैरहेको छ।’

यसरी हुने कुल लगानी मध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ सरकारले लगानी गर्ने छ। जुन कुल लगानीको ३८.६ प्रतिशत हो। त्यस्तै निजी क्षेत्रले भने ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने सुरुवाति अनुमान गरिएको छ, जुन कुल लगानीको ५८.१ प्रतिशत हो।
त्यस्तै सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड लगानी हुने आयोगले अनुमान गरेको छ।

उक्त लगानीबाट आर्थिक वर्ष २०८०/८१ को कुल उत्पादनको आकार ५५ खर्ब १६ अर्ब पुग्ने र प्रतिव्यक्ति आय १५८३ डलर पुग्ने अनुमान गरिएको छ। आगामी पाँच वर्षमा मुलुकको औषत आर्थिक वृद्धिदर ९.३ प्रतिशत हुने अनुमान आयोगको छ।

आर्थीक वर्ष २०८०/८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत हुनेछ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत रहनेछ। गत आर्थिक वर्ष २०७४/७५ मा अर्थतन्त्रमा कृषिको योगदान २७.६ प्रतिशत थियो भने उद्योगको १४.८ रहेको थियो।

आयोगले आउने पाँच वर्षभित्र १७ वटा राष्ट्रिय आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य लिएको छ। जसमा निजगढ विमानस्थलबाट फास्ट ट्रयाकसम्म समावेश गरिएका छन्।

१५ औँ योजना अवधिमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजना


१. सिक्टा सिचाइ आयोजना

२. बबई सिँचाइ आयोजना

३. रानीजमरा कुलरिया सिँचाइ आयोजना

४. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना

५. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना

६. पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना

७. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना

८. काठमाडौँ–तराई मधेस मार्ग

९. पुष्पलाल मध्यपहाडी लोकमार्ग

१०. कोशी लोकमार्ग

११. कालीगण्डकी करिडोर

१२. कर्णाली करिडोर

१३. हुलाकी लोकमार्ग

१४. मेलम्ची खानेपानी आयोजना

१५. माथिल्लो तामाकोशी जलविद्युत आयोजना

१६. लुम्बिनी विकास कोष (गुरुयोजना बमोजिमको)

१७. विद्युत प्रसारण आयोजना

१८. क्रमगत रुपमा संचालन हुने राष्ट्रिय गौरवका आयोजना

१९. पशुपति विकास कोष

२०. राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण

२१. रेलवे तथा मेट्रो विकास आयोजना

१५ औँ योजना अवधिमा सुरु हुने राष्ट्रिय गौरवका आयोजना बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना र पश्चिम सेती जलविद्युत आयोजना रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?