 
                            धनगढी-कैलालीको धनगढीमा एक व्यापारीको अपहरण भएको छ।
बुधबार राति धनगढीमा रहेको आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको प्रहरीले जनाएको छ।
अपहरणकारीले उनको फिरौतीका लागि १५ लाख रकम माग गरेका छन्।
अपहरणपछि व्यापारी सिंहकी श्रीमतीलाई भारतीय नम्बरबाट फोन गरेर १५ लाख फिरौती माग गरिएको कैलालीका प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले जानकारी दिए।
उनले अपहरणकारीको खोजी भइरहेको जनाएको छ।

 
                                                                                                                     
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































