एक करोड लागतमा विन्ध्यवासिनीमा लिफ्ट, राष्ट्रिपतिद्वारा उद्घाटन

एक करोड लागतमा विन्ध्यवासिनीमा लिफ्ट, राष्ट्रिपतिद्वारा उद्घाटन
+
-

पोखरा-पोखराको विन्ध्यवासिनी मन्दिरमा जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचका लागि विद्युतीय भर्याङ (लिफ्ट) जडान गरिएको छ। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएसँगै लिफ्ट सञ्चालनमा आएको छ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया र लक्ष्मी ग्रुप नेपालको एक करोडको सह–लागतमा ६० फिट अग्लो लिफ्ट निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए।

उद्घाटन पछि बोल्दै राष्ट्रपति भण्डारीले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको पहलमा जोडिएको लिफ्ट जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता व्यक्तिहरुको प्रतिको सम्मान भएको बताइन् । उनले भनिन्, ‘पोखरा धार्मिक पर्यटकीय क्षेत्र समेत भएकाले विन्ध्यवासिनीको गरिमा आफैंमा गर्विलो छ। अब फरक भौतिक क्षमता भएकाहरुले पनि मन्दिरमा सहज पहुँच राख्न पाउनेछन् जसका लागि लिफ्ट जडानको काम प्रशसंनीय छ।’ राष्ट्रिपतिले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबै नागरिकहरुको योगदान हुनुपर्नेमा जोड दिइन्।

धार्मिक क्षेत्र अन्तर्गत नेपालमै पहिलो पटक विन्ध्यवासिनीमा लिफ्टको प्रयोग भएको समितिले दाबी गरेको छ। लिफ्टको भारवहन क्षमता ६ सय ८० किलो छ । जेष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्तिहरुले लिफ्टको निःशुल्क उपभोग गर्न पाउनेछन्। अन्यका लागि भने न्यूनतम २५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

राष्ट्रपतिद्वारा लिफ्ट निर्माणका लागि सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि र लक्ष्मी गु्रप नेपालका प्रतिनिधिलाई सम्मान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?