‘बुद्ध वाज वर्न इन नेपाल’

ऐना हेरेर आफैँलाई उत्तर दिन सक्ने बन्नु छ: धिरज राई

+
-

‘लुकी लुकी आँखा तिमी नजुधाऊ त्यसरी, यो मन त्यसै उडिदिन्छ कर्के नजरले’, धेरैले गुन्गुनाउने यो गीत पप गायक धिरज राईको हो।

छन्द नमिलेको शब्दलाई लयमा ढालेर गुनगुनाउँदा नेपाली सांगितिक जगतमा कम्पन ल्याएको थियो यो गीतले। मादल र बाँसुरीको सुरिलो धुनमा लोकलय अनि आधुनिक गीत भरिने त्यो जमानामा गिटारको झन् झन् आवाज अनि ड्रमको ड्वाङ ड्वाङ मिसाएर कपाल हल्लाउँदै गीत गाएपछि संगीतकर्म गर्ने पुराना पुस्तालाई मन नपर्नु अचम्मको कुरा थिएन।

‘यस्तो पनि गीत हुन्छ? भन्थे मलाई,’ गायक राई सम्झन्छन्, ‘मैले आफ्नो लाइन बदल्न चाहिन अगाडि बढिरहे।’

मिथुन चक्रवर्ती नाचेको गीत ‘आई एम अ डिस्को डान्सर’ को तालले उनलाई झन झन पारेको थियो। उनी प्रेरित भए अनि पप गीत गाए। उनलाई मान्छेलाई गीतमा झुमेर नचाउनु थियो।

कुनै कुरा अप्रत्यासित हुन्छ, धिरजको जीवनमा पनि त्यस्तै भयो। उनको पप संगीतको परीक्षण अत्यन्त सफल भयो। पहिलो गीतले नै सफलताको उचाइ चुलेपछि उनलाई आलोचनाले पछाडि धकेलेन, दर्शक श्रोताको मायाले अझ अरु पप गीत सिर्जना गर्न अभिप्रेरित गर्‍यो।

प्रतिफल, १५ ओटो सोलो एल्बम अनि १ सय ५० ओटा धिरज राईको स्वर भएको गीत हामीले सुन्न पाउँछौ। उनका ‘मिसटिरियस गर्ल, तिमी रुँदा एक्लै हुँदा’ लगायत धेरै गीत हिट भए।

२५ वर्षपछि सुन्दा पनि धिरजका गीत जीवन्त नै लाग्छन्। चुट्की बजाउँदै लामो कपाल हल्लाउँदै गीत गाउँदा अहिले पनि उनमा त्यही इनर्जी देख्न सकिन्छ।

भिडियो हेर्नुहोस्:

पातलो ज्यान भएको उदयपुरे ठिटोले घाँटीघाँटीसम्म आउने कपाल हल्लाएर गीत गाएपछि नेपालमा पप गीतको फेसन सुरु भयो। ठाउँठाउँमा कन्सर्ट गर्न जाने उनको क्रम अझै उस्तै छ। अनि उनको क्रेज पनि उस्तै छ। उनले बिस्तारै पप संगीतको बारेमा अरुलाई सिकाउँदै पनि गए।

‘मैले पप संगीतको बारेमा एउटा डकुमेन्ट्री अनि दुईओटा पुस्तक लेखेको छु,’ धिरज भन्छन्, ‘अहिले नयाँ गीत रेकर्ड गरेको छैन।’

केमा व्यस्त छन् त धिरज?

धेरै आउने प्रश्न हो यो। धिरज गायकमात्र हैनन्, आर्किटेक्चर हुन्। उनी अंग्रेजी विषयका शिक्षक पनि हुन्। गएको केही वर्षदेखि उनी नयाँ गीत ल्याउनेमा भन्दा एउटा अभियानमा लागेका छन्।

‘बुद्ध वाज वर्न इन नेपाल’

गएको वर्ष टुँडिखेलमा एक लाख ३० हजार मानिसहरु जम्मा भएर ‘गिनिज बुक अफ वर्ड रेकर्ड’ मा नेपालको नाम राख्ने कार्यक्रम भएको थियो। ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान गएको १८ वर्षदेखि चलिरहेको छ। धिरज राई यसको नेतृत्व गर्दै छन्। उनी यो यात्रालाई पाँच बुँदामा समेट्छन्।

१. सन् २००० मा रत्नराज्य क्याम्पसमा उनी अंग्रेजीमा स्नातकोत्तर गर्दै थिए। उनले ‘हिस्ट्री अफ नलेज’ नामक पुस्तकमा बुद्ध भारतमा जन्मेका हुन् भन्ने लेखेको पढे। त्यसपछि यो गलत भयो भनेर उनले आवाज उठाए, राजनीति गर्न खोजेको भनेर कलेजले रेष्टिगेट गर्‍यो। तर पछि कलेजले त्यो पुस्तक आफ्नो पाठ्यक्रमबाट हटायो।

२. सन् २०१३ मा भारतीय टेलिभिजन च्यानल जिटिभीमा ‘बुद्ध’ भन्ने सिरियल आयो, जसले बुद्ध भारतमा जन्मेको भनेर देखायो। धिरजले फेरी बिरोध र्‍याली निकाले। तत्कालीन मन्त्रिपरिषद्को अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापन पत्र बुझाए। त्यसपछि त्यो सिरियल बन्द भयो।

३. सन् २०१३ बाट गायनको लागि विश्व घुम्दै गर्दा जहाँजहाँ गए, त्यहाँ गएर यो अभियानको बारेमा कुरा गर्दै हिडेका छन्।

४. भारतमा शरण लिइरहेका दलाई लामाले एकपल्ट बुद्ध भारतमा नै जन्मेका हुन् भन्ने आशय दिएको भिडियो सार्वजनिक भयो। यसले अन्तर्राष्ट्रिय स्तरमा बुद्धको जन्मस्थान भारत भन्ने सन्देश गयो।

५. गएको वर्ष फागुनमा नै ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियानको अर्को पाइला चल्यो। गिनिज बुक अफ वर्ड रेकर्डमा नेपालको नाम लेखाउने प्रक्रिया चलि नै रहेको छ।

अब के?

धिरज आफू कामको शिलशिलामा विभिन्न देश पुग्ने गर्छन्। अहिलेसम्म २५ ओटा देशमा पुगिसकेका धिरज। जहाँजहाँ पुग्छन्, त्यो देशमा काम पछि अरु केही समय थप्दै यो जानकारी पुर्‍याउन चाहन्छन्।

‘भिजा लिन मलाई अब गाह्रो छैन। त्यसैले म जहाँ पुग्छु, त्यहाँका नेपालीलाई जम्मा गर्दै यो कुरा भन्छु,’ धिरज भन्छन्, ‘यतिमात्र हैन सकेसम्म त्यो देशमा पाठ्यक्रम बनाउने निकायसम्म ‘बुद्ध भारतमा जन्मेका हुन् भन्ने तथ्य गलत भएको बताउछुँ, त्यसको लागि मलाई सबैको साथ चाहिएको छ।’ उनी २५ ओटा देश पुगेका छन्, अझै २५ ओटा देशमा जाने उनको योजना छ।

विभिन्न समयमा विभिन्न व्यक्ति जोडिए पनि यो अभियानमा धिरज एक्लै लागिपरेका छन्। ‘दुई देखि ३ जना भयो भने, राजनीति हुन्छ, जे चाहिएको हो, त्यसमा फोकस हुँदैन।’

रत्नराज्य क्याम्पसमा पढ्दा उनलाई चित्त नबुझेको कुराले उनमा एक किसिमको इगो रहन गयो। यही इगो उनले अरुमा पनि देखे र लागिपरे गलत तथ्य मेटाउने प्रयासमा। उनले आफूमा जागेको राष्ट्रियता अरुमा पनि देखेका छन्, त्यसैले साथ खोजिरहेका छन्।

‘आफ्नो कामले मेरा इन्द्रियलाई खुसी पारेको छ, राम्रो लगाएकै छु, मिठो खाएकै छुँ। तर मलाई कहिलेकाहिँ ऐना हेर्दा प्रश्न गर्न मन लाग्छ,’ धिरज भन्छन्, ‘संसारमा आएर के गरिस्? भन्दा आफ्नो देशको लागि यो काम गरेको छुँ भनेर उत्तर दिन सकियोस् न!’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?