सेनाका जवानको शव चार दिन देखि अस्पतालमै, ब्यारेकभित्रै हत्या भएको आफन्तको आरोप

सेनाका जवानको शव चार दिन देखि अस्पतालमै, ब्यारेकभित्रै हत्या भएको आफन्तको आरोप
+
-

धनगढी- सेना दिवसको दिन ब्यारेक भित्रै मृत भेटिएका कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काको आत्महत्या नभई हत्या भएको आरोप परिवारले लगाएको छ ।

सोमबार बन्दुक प्रहार गरी खड्काले आत्महत्या गरेको सेनाले बताए पनि परिवारले भने आत्महत्या नभई सेनाबाट नै हत्या भएको आरोप लगाएका छन् । मृतकका परिवारले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी घट्नाको प्रकृति र सेनाको व्यवहार देख्दा हत्या नै भएको बताए ।

‘घट्नास्थलको तस्बिर हेर्दा बिना पोशाक र चप्पलमा हतियार कसरी दिईयो’ मृतक खडकाकी पत्नि हिमाली ज्योती खडकाले भनिन्–‘सेनाबाट नै हत्या भएको हामीलाई पूर्ण आशंका छ ।’ उनले थपिन् –‘पोष्टमार्टम बिना नै आत्महत्या हो भनेर सेनाले कसरी भन्यो ।’

आत्महत्या गर्नुको कुनै कारण नै नभएको भन्दै उनले घट्नाको अघिल्लो बेलुकी मात्र फोनमा कुरा हँुदा केहि दिनमा गण नै पोखरा सर्न लागेकाले पसल बेचेर उतै जान तयारी हुनु भनेको मृतककी पत्नी हिमालीज्योतीले सुनाईन् ।

गणका गणपति राजु बस्न्यातले शव प्रहरीको जिम्मा लगाई सकिएकाले उतै बुझ्न भनेर पन्छिने गरेको मृतकका बुवा धनबहादुर खडकाले बताए । आत्महत्या नै भए पनि परिवार नआउँदै शव उठाउन लगाएको र आत्महत्या भएकाले कुनै सेवा सुविधा नपाउने भनेर कर्णेलले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उनको भनाई छ ।

महाकाली अञ्चल अस्पतालमा पोष्टमाटर्म नभएपछि सेती अञ्चल अस्पतालमा ल्याईएको थियो । पोष्टमार्टम भए पनि आफूहरुले शव नबुझेको मृतकका काका कम्लेश खडकाले बताए ।

घट्नाको सत्यतथ्य छानविनको माग आफन्तले गरेका छन् । सत्यतथ्य छानविन नहुँदा सम्म शब नउठाउने खडकाले बताए । मृतक खडकाको घर जाजरकोटको छेडागाड नगरपालिका–१० हो । मृतक परिवारका १३ जनाको टोली चार दिन देखि धनगढीमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?