काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नाम लुटेरा समूह हुनुपर्ने बताएका छन्।
अलग मधेश गठबन्धनका संयोजक सिके राउतसँगको ११ बुदे सहमती सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने,’ चन्दाको नाममा जनतालाई लुटेर हिँड्ने अनि नाम चाहीँ कम्युनिष्ट पार्टी राख्ने ? लुट्नकै लागि जन्मिएकाले नेकपा भन्ने फाल। आफुले पनि आफ्नो पार्टीको नाम नेकपा भन्नुपर्ने भएकाले लाज लाग्छ’, प्रधानमन्त्री ओलीले भने। उनले विप्लवलाई सिके राउत जसरी शान्ती र राष्ट्रिय एकताको बाटोमा आउन आग्रह गरे।
‘ म उहाँ(विप्लव)लाई त्यो बाटो छाड्न आग्रह गर्छु। नत्र पनि शान्त्री सुरक्षा कायम राख्न सरकार आवश्यक कदम चाल्न तयार छ’, ओलीले भने। आफ्नो आग्रहलाई जनताको इच्छा भन्दै जनतामाथी थोपर्ने कार्य बन्द गर्न सबैलाई आग्रह पनि गरे।

भर्खरै
लोकप्रिय






































































































































































































