अपहरणमा परेकी सांसद देवकी मल्लको रिहा, आफ्नो संलग्‍नाता नभएको विप्लव माओवादीकाे दावी

अपहरणमा परेकी सांसद देवकी मल्लको रिहा, आफ्नो संलग्‍नाता नभएको विप्लव माओवादीकाे दावी
+
-

धनगढी-बझाङ जिल्लाको बुंगल नगरपालिका बिजगडामा कार्यकर्ता भेटघाट र अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा शुक्रबार सदमुकाम चैनपुरबाट हिडेकी सुदुरपश्चिम प्रदेश सभा सदस्य देवकी मल्ल विप्लव कार्यकर्ताले अपहरणपछि रिहा गरेका छन्।

प्रदेश सदस्य देवकी मल्ललाई केदार स्यू गाउँपालिकाको पाउटामा अपहरण गरि चार घण्टा सम्र्पकबिहिन गरेर जंगलमा राखेर शुक्रबार साँझ चार बजे रिहा गरेको खुलेको छ।

‘कार्यक्रमका लागि गाँउतिर हिडेकी थिएँ’ प्रदेश सदस्य देवकी मल्लले भनिन्– ‘दश बाह्र जना विप्लव कार्यकर्ताहरु एका–एक बागथला बिजगडा सडक खण्डको पाउटामा तपाईसंग काम छ गाडी बाट झर्नुहोस् भनेर चार–पाँच घण्टा उनिहरुले आफ्नो नियन्त्रणमा लिएर छोडे।’

‘तपाई सत्ता पक्ष हो देशमा निर्मला हत्या काण्ड लगायत अन्य घटनामा सरकार आफै संलग्न भएर सत्ताको दुरुपयोग गरिरहेको छ’, भन्दै देशको समसामयिक राजनितीक बिषयमा कुराकानी गरेको र विप्लवका पक्षमा लाग्न आग्रह गरी बिना सर्त छोडेको समेत मल्लले बताईन।

विप्लव कार्यकर्ताले आफुसंगै सडकबाट चार घण्टा उकालो जंगलमा लिएर प्रदेश सदस्य मल्लसंग हिडेका कार्यकर्ताले प्रहरीलाई जानकारी दिएपछि प्रहरीको टोली सांसदको खोजीमा केदार स्यू गाउँपालिकाको पाउटा आसपासमा जाँदै गर्दा सांसद मल्ल जंगलबाट तल झरि सकेकी थिईन्।

मल्लको माईती घर समेत रहेको स्यूँसुबाट प्रहरी सहित आफन्तसंग बागथला प्रहरी चौकीमा आएपछि सम्र्पकमा आएकी थिईन्। विप्लव कार्यकर्ताहरुलाई आफुलाई केही मानसिक तनाव दिएको भएपनि अन्य दुब्र्यबहार भने नगरेको मल्लले बताईन्।

सांसद देवकी मल्लका बुवा र भाई समेत विप्लवको नेतृत्व पक्तिमा भएकाले कतिपयले यो घटनालाई त्यति महत्व दिएका थिएनन्। सांसद मल्ल यो सातादेखि कार्यकर्ता भेटघाटमा जिल्ला आएकी थिइन्।

यता प्रहरी नायब उपरिक्षक प्रविण धितालले सांसद अपहरणपछि फोन सम्र्पक नभएको हुँदा केहीबेर तनाब सिर्जना भएपनि पछि सकुशल प्रहरी सम्र्पकमा आएकोले घटना सामान्य भएको बताए।

यता विप्लवका प्रदेश ईन्चार्ज सिकन्दरले भने एक विज्ञप्ति जारीगरी उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको दावी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?