प्रहरीले भन्यो, ‘मनाङको घटनामा ट्राभल एजेन्सीलाई नियन्त्रणमा लिएको होइन, गलत रिर्पोटिङ भयो’

प्रहरीले भन्यो, ‘मनाङको घटनामा ट्राभल एजेन्सीलाई नियन्त्रणमा लिएको होइन, गलत रिर्पोटिङ भयो’
+
-

पोखरा-अन्नपूर्ण ट्रेकिङका लागि मनाङ पुगेका एक विदेशी पर्यटक सहित ट्राभल गाइडको हिम पहिरोमा परी मृत्यु भएको घटनामा ट्रेकिङका लागि पठाउने परिवार होलिडेज ट्राभल एजेन्सीलाई प्रहरीले नियन्त्रणमा नलिएको ४ नम्बर प्रदेश प्रहरी कार्यालयले स्पष्ट पारेको छ।

उक्त एजेन्सीबाट गएको फागुन ६ गतेदेखि अन्नपूर्ण ट्रेकिङका लागि गएका नेदरल्याण्डका भिनसेन्ट जेन ब्लुम र धादिङ निवासी ट्राभल गाइड अजय ढकालको मनाङमा हिम पहिरोमा परी मृत्युको भएको थियो।

‘मनाङ प्रहरी कार्यालयले ४ नम्बर प्रदेश प्रहरी कार्यालयमा हिम पहिरोमा परी मृत्यु भएको घटनाको रिर्पोटिङमा ट्राभल एजेन्सीका सञ्चालकलाई नियन्त्रणमा लिएको भन्ने विषय प्राविधिक कारणले गलत भएको हो,’ प्रहरी प्रवक्ता गोविन्द पुरीले देश सञ्चारसँगको सम्पर्कमा भने ।

मनाङ प्रहरी कार्यालयबाट नै प्रदेश प्रहरी कार्यालयमा परिवार होलिडेजका सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको भन्ने किसिमको विवरण गलत रिर्पोटिङ हुँदा सञ्चार माध्यम र सम्बन्धित पक्षलाई पर्न गएको क्षतिप्रति प्रदेश कार्यालयले क्षमा मागेको छ । उद्धारका लागि ट्राभल एजेन्सीसँग समन्वय गरिएको भए पनि प्रहरीले नियन्त्रण भने नलिएको प्रवक्ता पुरीले बताए ।

‘जि.प्र.का. मनाङसँग सम्बन्धित आजको समाचारमा घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भन्ने हुनुपर्नेमा केही प्राविधिक त्रुटिका कारण ट्राभल
एजेन्सीलाई नियन्त्रणमा लिइएको भन्ने हुन गएकोमा यसबाट यहाँहरुलाई पर्न गएको क्षतिप्रति क्षमा प्रार्थी छौं’ प्राप्त सूचनामा भनिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?