पोखरा प्रवेश नाका विजयपुर पुल धरापमा, हेभी लोडेड गाडीलाई ‘नो इन्ट्री’

पोखरा प्रवेश नाका विजयपुर पुल धरापमा, हेभी लोडेड गाडीलाई ‘नो इन्ट्री’
+
-

पोखरा – पृथ्वी राजमार्ग हुँदै पोखरा प्रवेश गर्ने एक मात्र मुख्य नाका विजयपुर खोला स्थित पुल सात ठाउँबाट क्रयाक भई धरापमा परेको छ । स्टिल ब्रिज पुलको बटमकड सात ठाउँमा चर्किँदा १० टन भन्दा माथिका मालबाहक सवारीलाई प्रवेश आउजाउमा समेत समस्या भएको छ ।

दैनिक झण्डै ६ हजार हाराहारीमा सवारी पोखरा आवागमन हुने माध्यम बनेको पुल जोखिममा परेपछि मालवाहक सवारीलाई निषेध गरिएको हो । नियमित रुपमा पुलको रंगरोगन गर्ने समयमा पुल चर्किएको देखिएपछि तत्कालै मर्मतका लागि काम थालिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले जानकारी दिए ।

‘अन्य समयमा त्यति याद हुँदैनथ्यो । पेन्टिङ गर्ने क्रममा हामीले पुलको दुवै साइडको बटमकड क्रयाक भएको पायौं,’ उनले भने, ‘क्रयाक भएको बटमकडलाई टसल दिई तत्काललाई जोखिम न्यूनिकरण गरेका छौं ।’ पुल सम्भारका लागि सडक विभागले खोलाबाट आइरन स्टिल टेको दिएर क्रयाक भएको बटमकडलाई सर्पोट दिने काम गरिरहेको छ ।

पुलको स्थिती बारे पुल महाशाखा र पुलचोक इन्जिनियरिङ क्याम्पसका प्रतिनिधि सम्मिलित एक टोलीले अध्ययन गरेको र विस्तृत उनीहरुले पेश गर्ने प्रतिवेदनबाट पत्तो पाइने सडक विभागले जनाएको छ ।

टोलीले एक महिना भित्रमा प्रतिवेदन पेश गर्ने बताइएको छ । विज्ञ टोलीले दिएको प्रतिवेदको आधारमा मात्रै पुलको मर्मत सम्भव हुने वा नहुने विषयमा टुंगो लाग्नेछ ।

पुलमा समस्या आएपछि मालबाहक सवारी पास गराउन खोलाबाट ड्राइभर्सन गर्न लागिएको ट्राफिक प्रहरी कार्यालय डाँडाकोनाक पोष्टका प्रहरी नायव निरीक्षक डोलेन्द्रबहादुर हमालले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?