समयमै पुनरावेदन जान्छौँ : लक्ष्मण थारु

समयमै पुनरावेदन जान्छौँ : लक्ष्मण थारु
+
-

धनगढी-टीकापुर घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरि फागुन २२ गते कैद मुक्त भएका थारु नेता लक्ष्मण थारुले कैलाली जिल्ला अदालतले गरेको फैसलाको सम्मान गर्दै समयमै पुनरावेदन अदालत जाने बताएका छन्।

फागुन २२ गते लक्ष्मणसहित १५ जना कैद मुक्त भए पनि लक्ष्मण केन्द्रीय कारागार रहेकाले आइतबार मात्र धनगढी पुगेका छन् । धनगढी पुगे लगत्तै पत्रकार सम्मेलन गर्दै थारुले राजनैतिक नेतृत्वले नगरेको साहास कैलाली जिल्ला अदालतले गरेकोले त्यसको सम्मान गर्दै थप न्यायका लागि पुनरवेदनदेखि सर्वोच्च अदालतसम्म जाने बताए।

उनले भने, ‘न्यायलयले हामीलाई द्वन्द्वमा धकेल्ने छैन भन्ने मलाई विश्वास छ ।’ थारुहरु आतंकवादी नभएको बताउँदै लक्ष्मणले यदि दुई तिहाईको बर्तमान कम्युनिष्ट सरकार समयमै सचेत भएन भने ठूलो मूल्य चुकाउनु पर्ने बताए।

आफूहरुमाथि परेको अन्यायका विरुद्ध कानुनी लडाई लडने र थारुहरुको माग सम्बोधनका लागि तत्काल सडक संघर्षमा जाने थारुको भनाई छ । उनले भने, ‘२०६५ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डसँग भएको ६ बुँदे सहमति कार्यान्वयनका लागि सबैसँग छलफल गरि सडक संघर्ष घोषणा गर्छौँ ।’

टीकापुर आन्दोलन राजनितिक भएको बताउँदै लक्ष्मण थारुले भने–‘त्यहाँ भएको घटना दुखद हो ।’ साथै उनले ७ वटा प्रदेश कुनै पनि हालतमा नमान्ने बताउँदै त्यसका विरुद्ध पनि संघर्ष गर्ने उल्लेख गरे । लक्ष्मण थारुको स्वागतका लागि थारु नेता तथा कार्यकर्ता धनगढी विमानस्थल पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?