प्रदेश सांसदले भने–‘विजयपुर पुल बनाउने ठेकेदारलाई कारबाही होस्’

प्रदेश सांसदले भने–‘विजयपुर पुल बनाउने ठेकेदारलाई कारबाही होस्’
+
-

पोखरा-पृथ्वीराजमार्ग अन्तर्गतको पोखरा प्रवेश गर्ने मुख्य नाका विजयपुर पुल सात ठाउँमा क्रयाक भई धरापमा परेको विषयले गण्डकी प्रदेश सभा बैठकमा प्रवेश पाएको छ।

निर्माण सम्पन्न भई सञ्चालनमा आएको ११ वर्षमै पुलको बटमकड सात ठाउँमा चर्किएपछि पुल निर्माण गर्ने कम्पनीमाथि छानविन गर्न सांसदहरुले माग गरेका छन्।

प्रदेश सभाको आइतबार बैठकको विषयमा समयमा बोल्दै नेकपाका सांसद दीपक कोइरालाले कम्तिमा ५० वर्ष सवारी भारबहन क्षमता थेक्ने गरी बनाइएको पुल ११ वर्षमा नै क्रयाक हुनुले निर्माण गर्ने ठेकेदारको लापरबाही भएको बताए।

‘पुलको आवश्यक चेकजाँच पनि नभएको पाइयो।हामी ठूलो दुर्घटनाबाट जोगिएका छौं,’ उनले भने, ‘रंगरोगन गर्ने बेला मजदुरले देखेपछि मात्रै सडक विभागले चासो देखाएको पाइयो।एक त पुलको नियमित अनुगमन छैन भन्‍ने कुरा स्पष्ट भएको छ।अर्को पुल सम्पन्‍न भएको छोटो समयमै क्रयाक हुनुले प्रयोग भएका निर्माण सामग्रीको गुणस्तरमा शंका उब्जेको छ।’

पुल निर्माण गर्ने कम्पनीलाई मात्रै नभई सम्पन्न भएको पुल अनुगमन गर्ने सडक विभाग र प्राविधिकहरु छानबिन समिति गठन गरी कारवाहीको दायरामा ल्याउनुपर्ने सांसद कोइरालाको माग छ।

विसं २०५९ मा निर्माण थालिएको पुल ०६४ सालमा सम्पन्‍न भइ सञ्चालनमा आएको थियो। ७४.२ मिटर लम्बाईको पुल बिटी इलाइट बिपी एड्भेन्चर जेभीले निर्माण गरेको हो । पुलको फिटिङ गोल्छा अर्गनाइजेसनको हुलास इन्जिनियरिङले गरेको थियो।

पुल जोखिममा परेपछि १० टन माथिका हेभी लोडेड गाडीलाई प्रवेशमा रोक लगाइएको छ। पोखरा प्रवेशको मुख्य नाका अवरुद्ध हुँदा विकास निर्माण लगायतका काममा अवरोध भएको भन्दै बैठकमा सांसद विन्दुकुमार थापा, मनबहादुर गुरुङ लगायतले ध्यानाकर्षण गराए।

वैकल्पिक मार्गका लागि खोलाबाट ड्राइभर्सन गर्ने काम अन्तिम चरणमा पुगेको छ। आइतबार साँझबाट ड्राइभर्सन मार्फत सवारी पास गराउन सकिने ट्राफिक प्रहरी कार्यालय डाँडाकोनाक पोष्टका प्रहरी नायव निरीक्षक डोलेन्द्र बहादुर हमालले जानकारी दिए।

प्रशिक्षण प्रतिष्ठान विधेयक विधायन समितिमा


प्रदेश सभाको आज बसेको बैठकले गण्डकी प्रदेश प्रशिक्षण प्रतिठाष्न विधेयक दफाबार छलफलका विधायन समितिमा पठाएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले गएको फागुन २३ गते प्रदेश सभामा छलफलका लागि पेश भएको विधेयकको सामान्य छलफल पश्चात्त विधायन समितिमा पठाउने स्वीकृती दिएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?