वर्ल्डलिंक र आइएसपानको सहकार्यमा त्रिपुरेश्‍वरदेखि पानीपोखरीसम्‍म तार व्‍यवस्थित गर्ने काम सम्पन्‍न

वर्ल्डलिंक र आइएसपानको सहकार्यमा त्रिपुरेश्‍वरदेखि पानीपोखरीसम्‍म तार व्‍यवस्थित गर्ने  काम सम्पन्‍न
+
-

काठमाडौं- वर्ल्डलिंक कम्‍युनिकेशन प्रालिले काठमाडौंको त्रिपुरेश्‍वरदेखि पानीपोखरीसम्‍म इन्टरनेटको तार (अप्टिकल फाइबर)लाई व्‍यवस्थित रुपमा विछ्‍याउने काम सम्पन्‍न गरेको छ। आइतबार वर्ल्डलिंकले पत्रकार सम्मेलन गरेर पहिलो चरणको काम सम्पन्‍न गरेको जानकारी दिएको हो।

कार्यक्रममा पहिलो चरणको कामपछि दोस्रो चरणमा बालुवाटारदेखि माइतिघरसम्मका क्षेत्रहरुमा रहेका अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने योजना रहेको वर्ल्डलिंकले बताएको छ।

यस्तै पब्लिक वाईफाई प्रोजेक्ट अन्तर्गत निःशुल्क रुपमा इन्टरनेटको पहुँचलाई पशुपति विकास क्षेत्र, बौद्ध, शङ्ख पार्क, बालाजु बाईसधारा, स्वयम्भू, बसन्तपुर, एयरपोर्ट, पोखरा र विरगञ्ज महानगरपालिका कार्यलयहरुमा नियमित रुपमा सेवा दिदैँ आएको छ।इसलाई अफ प्रभावकारी ढंगले नयाँ स्थलहरुमा सेवा प्रदान गर्ने योजना वर्ल्ड लिंकले जनाएको छ।

कर्णाली प्रोजेक्ट अन्तर्गत ‘ए’ र ‘बि’ वल्डिलिंक इन्टरनेटलाई कर्णालीका विभिन्‍न क्षेत्रमा पुर्‍याइ जनमानसमा इन्टरनेटको सेवा प्रदान गरिदै आएको छ।प्याकेज ‘ए’ मा इन्टरनेट सेवालाई हुम्ला, जुम्ला, डोल्पा र मुगुसम्म पुर्‍याउने कार्यमा ५२ प्रतिशत काम सम्पन्‍न भैसकेको छ भने प्याकेज ‘बि’ मा इन्टरनेटलाई रोल्पा, रुकुम, जाजरकोट र कालिकोटसम्म पुर्‍याउने कार्य पनि पूर्ण रुपमा सम्पन्‍न भएको वर्ल्डलिंकले जानकी दिइको छ।

यस्तै वर्ल्डलिंकले १ हजार २ सय पचास रुपैयाँमा ‘गो एप, सेफनेट एप, म्यानेज्ड वाईफई र टाइम ब्याक सेवा हितको इन्टरनेटको नयाँ स्ट्याण्डर्ड प्रोडक्ट उपलब्ध गर्दै आएको छ भने इन्टरनेट सम्बन्धी वर्ल्डलिंकले ३९ विद्यालयका २ हजार ३८ विद्यार्थीलाई इन्टरनेट प्रयोगबारे जान प्रदान गरिसकेको छ।

वर्ल्डलिंकले अबको ४ महिनाभित्र कबि १० वटा ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँच पुर्‍याउनुका साथै १० हजार सार्वजनिक स्थलहरुमा फ्रि हटस्पट सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?