
काठमाडौं-बैंक तथा वित्तिय संस्थाले लिने चर्को व्याजदर घटाउन नेपाल राष्ट्रिय महासंघले माग गरेको छ।
महासंघले रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। नेपाल र चीनको प्रमुख नाकाको रुपमा रहेको केरुङसम्म जानका लागि निश्चित समयका लागि पासको व्यवस्था गरिनु पर्ने समेत माग गरेको छ।
महासंघका अध्यक्ष नरेश कटुवालले साना तथा मझौला व्यवसायीका लागि नीतिनियम बनाउँदा सरकारले समावेशी र समन्वयकारी भूमिका निभाउँनु पर्ने बताए।
उनले भने ‘सातै प्रदेशमा निजीक्षेत्र र सरकारी सम्मिलित औद्योगिक करीडोरको स्थापना गरेर चीनसँग जोडिएका तातोपानी लगायतका सबै नाकाहरु सञ्चालनका लागि पहल गनुर्पे माग गर्दछौ।’
त्यस्तै फुटपाथमा रहेका व्यवसायीहलाई अन्य व्यवस्थित तरिकाले पुर्नस्थापनाका लागि पनि आग्रह गरे।
नेपाल भारत खुला सिमानाका कारण दिनहुँ अपराधिक क्रियाकलाप बढ्दै गइरहेको छ।त्यसलाई रोक्न समयमा नै सम्बन्धित निकायले पहल गर्नुपर्नेमा कटुवालले जोड दिए।