सहकारीहरुको एकीकरण हुनुपर्नेमा सरोकारवालाको जोड

सहकारीहरुको एकीकरण हुनुपर्नेमा सरोकारवालाको जोड
+
-

काठमाडौँ – राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष के.बी उपे्रतीले सहकारी संस्थाहरु स्वेच्छिक एकीकरणमा जान सक्ने तर दबाब स्वीकार्य नहुने बताएका छन् ।

सहकारी एकीकरणका विषयमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सहरी क्षेत्रमा सहकारी एकीकरणको आवश्यकता भएको तर ग्रामीण क्षेत्रमा भने अझै अपुग भएको बताए ।

कार्यक्रममा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले महिला सहकारीहरुलाई एकिकरणमा प्राथमिकता दिनुपर्ने बताए ।

उनले सहकारीहरुको एकीकरण रहरको विषय नभएको बरु बाध्यता र आवश्यकता भएको टिप्पणी गरे ।

सचिव मैनालीले एकीकरणका लागि कार्यक्षेत्र जोडिएको र फरक प्रकृतिको भएतापनि एउटै विषयमा प्रतिस्पर्धा गर्ने खालका हुनुपर्ने बताए ।
यसका साथै प्रत्यक्ष लोकतान्त्रिक नियन्त्रण कायम भएको हुनुपर्ने उनको भनाई छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष मिनराज कडेलले एउटै सहकारीले सबै खालका आवश्यकता पुरा गर्छ भने सदस्यहरु अन्य ठाँउमा नजाने विचार व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय सहकारी विभाग, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय योजना आयोग, जिल्ला सहकारी संघ, काठमाडौँ महानगरपालिका सहकारी विभाग, कास्कुन लगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?