 
                            धनगढी– सरकार र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सीके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।
मंगलबार नेपाली सन्तानहरुको आयोजनामा सरकार र सीके राउतबीचको सम्झौता राष्ट्रविरोधी भएको भन्दै प्रदर्शन गरिएको हो। स्वस्फुर्त रुपमा नेपालको राष्ट्रिय झण्डा बोकी कैलाली बहुमुखी क्याम्पसदेखी एलएन चौक सम्म सम्झौताविरुद्ध नाराबाजिसहित प्रर्दशन गरिएको हो।
युवाहरुले सरकारकाविरुद्ध र विखण्डनकारीका विरुद्ध नारावाजी समेत गरेका थिए। एलएन चोकमा गरिएको कोण सभामा तत्कालिन एमाले निकटका युवाहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै चर्को बिरोध गरेका छन्। तत्कालिन एमाले निकट युवा संघका केन्द्रिय सदस्य प्रकाश रोकाया, भिष्म सुबदी लगायतले सम्झौताको बिरोधमा चर्को आवाज उठाएका छन्। सहमतिका केही बुँदा विवादास्पद भएको उनीहरुको भनाई छ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सीके राउतबीच गत शुक्रबार ११ बुँदे सहमति भएको थियो।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































