सरकारले युद्ध घोषणा गर्यो, हामी प्रतिवाद गछौँः विप्लव समूह

सरकारले युद्ध घोषणा गर्यो, हामी प्रतिवाद गछौँः विप्लव समूह
+
-

काठमाडौँ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले युद्ध घोषणा गरेकोले अब त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपालाई आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

सो निर्णयलाई आफूहरुले युद्धको घोषणाका रुपमा लिएको र अब सशक्त प्रतिवाद गर्ने पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले चेतावनी दिए । देश सञ्चारसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘ओली सरकारको निर्णयलाई जनस्तरबाट पूर्ण रुपमा खारेज गर्ने अभियान मंगलबार रातिदेखि नै सुरु भैसकेको छ ।’

उनले सत्ताको मातमा क्रान्तिलाई रोक्न खोज्ने ओली सरकार असफल भइसकेको बताए ।

‘युद्धको घोषणा बिद्रोहमा रहेको शक्तिले गर्ने हो, तर नेपालमा क्रान्तिलाई दमन गर्न सामन्तहरुले सत्ताबाटै युद्धको घोषणा गरे, हामी शसक्त प्रतिवाद गछौँँ, युद्ध घोषणा गर्ने सरकार असफल भैसक्यो’, पुनले भने ।

‘सरकारले हामीलाई जहाँ भेट्यो त्यहिँ सिध्याउनु भनेर आदेश दिएको छ’, पुनले भने, ‘बिखण्डनकारी सीके राउतलाई अंगालो हाल्ने अनि हामीलाई दमन गर्ने ? सरकारले यसको जवाफ छिट्टै पाउँछ ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका पोलिटव्यूरो सदस्य ओम प्रकाश पुन

पुनले आफ्नो पार्टीलाई वार्तामा बोलाएको तर आउन नचाहेको भनेर सरकारले दुष्प्रचार गरिरहेको बताए ।

‘हामीलाई वार्तामा बोलाइएको छैन, नाटक मञ्चन गरिएको हो, पार्टीलाई वार्ताका लागि कुनै चिठ्ठी प्राप्त भएको छैन’, पुनले भने, ‘सरकारले औपचारिक वार्तामा बोलाओस्, राजनीतिक संवाद गर्ने कुराबाट भाग्ने काम हुँदैन, हामी तयार छौँ, हाम्रो पार्टी वार्ता विरोधी होइन ।’

यस्तै पार्टीका पोलिट व्यूरो सदस्य मोहन कार्कीले सरकार संविधान विपरित जनताको अधिकार खोस्ने अभियानमा लागेकोले अब क्रान्तिले नयाँ मोड लिने बताए ।

देश सञ्चारसँग कुरा गर्दै कार्कीले भने, ‘सरकार साम्राज्यवादमा फसेको छ, यसको परिणाम अब देखिन्छ, देशलाई संविधान विपरीत मुठभेडमा लैजाने प्रयास गरिँदैछ, यो दुःखद छ ।’

सरकारले विप्लव समूह आपराधिक संगठन भएको, वार्तामा समेत आउन नचाहेकोले जहाँ भेट्यो त्यहिँ समात्ने नीति लिएको छ ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लव आक्रोशित, नेपाल बन्दको घोषणा

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विप्लव आक्रोशित, नेपाल बन्दको घोषणा

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’