नौ प्रेरणादायीमहिलाहरु सम्मानित

नौ प्रेरणादायीमहिलाहरु सम्मानित
+
-

काठमाडौँ-समाजका विभिन्‍न क्षेत्रमा रही महत्वपूर्ण योगदान दिएका नौ महिला सम्मानित भएका छन्। एक सय नवौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मोतीदेवी स्मृति केन्द्रले बुधबार नेपाल पर्यटन बोर्डमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।

सम्मानित हुनेमा नेपालको पहिलो महिला प्रहरी चैतमाया डङ्गोल, वामपन्थी नेता कमला अमात्य, महिला पत्रकार प्रेमकुमारी पन्त, प्रा डा प्रभाकुमारी हमाल, दलित अधिकारकर्मी टेकु नेपाली, महिला उद्यमी अञ्जना ताम्राकार, प्रदेशसभा सदस्य उमादेवी वादी, अधिकारकर्मी टीका दाहाल र बन्दना नेपाल रहेका छन्।

केन्द्रका अध्यक्ष अष्टलक्ष्मी शाक्यले सबै नेपाली नयाँ सोचाइका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।’महिलाले नेतृत्वले गर्दा मात्रै देश विकास सम्भव छ। महिलालाई विश्वासका साथ जिम्मेवारी दिँदा मात्रै हामीले सोचेको र चाहेको समृद्धि पाउन सकिन्छ”, उनले भने।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वर्तमान समयमा महिलाहरु सक्षम भैसकेकाले अब आरक्षणमा होइन खुल्ला प्रतिस्पर्धामा जानुपर्ने बताए। साथै उनले महानगरका विकासका लागि विभिन्‍न योजना बनाए पनि विभिन्‍न अवरोध आइरहेको बताए।

आफूले सबै कामलाई यति समयभित्रमा सम्पन्‍न गर्छु भन्ने लक्ष्य लिएर अघि बढेको उनको भनाइ थियो। शाक्यले भने, ‘जति नै अवरोध भए पनि समयमा नै सकिनेछ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं ३ अध्यक्ष नारायण दाहालले विभिन्‍न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई समाजले सम्मान गर्नुपर्ने बताए। प्रतिष्ठानका सचिव केशव पोखरेलले मोतीदेवीले देखेको देश विकासको सपना साकार बनाउनका लागि प्रतिष्ठान लागिपरेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?